अष्ट्रेलियामा रहेका नेपालीहरुले देउसी भैलो मार्फत आफ्नै संस्कृती झल्काए

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया

प्रवासमा रहंदा आफ्नो देश र संस्कृतीको माया अझ गहिरो हुंदो रहेछ। आफ्नै संस्कृती र चाढ पर्वलाई माया गरिरहन कुनै भुगोलले छेक्दैन ।नेपालीहरुको दोश्रो ठुलो पर्व तिहारको यो अवसरमा अष्ट्रेलियामा रहेका नेपालीहरुले देउसी भैलो मार्फत आफ्नै नेपाली संस्कृती झल्काए।image

अष्ट्रेलियामा रहेका नेपाली संघ संस्थाहरुले नेपाली संस्कृतीको जगेर्ना संग-संगै सामाजिक परोपकारको लागि देउसी भैलो खेलेका छन।सिड्नीमा प्रवासी नेपाली मञ्च अष्ट्रेलिया(एनएसडब्लु),नेपाली युथ फोरम अष्ट्रेलिया,जय नेपाल समुह,नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान लगायत ,मेलबर्न, ब्रिसबन, एडिलेड, गोल्डकोष्ट, पर्थका सबै शहरहरुमा रहेका नेपाली समुदायका विभिन्न संघ संस्थाहरुले देउसी भैलो खेलेका हुन।

image

 

 

 

 

 

 

 

प्रवासमा रहेका पछिल्लो पुस्ता साना बालबालिकाहरु नेपाली भाषा बोल्न गाह्रो मान्ने यो समयमा नेपाली पन झल्कने देउसी भैलो उनीहरुलाई धेरै नै महत्वपूर्ण हुने नेपाली समुदायका अगुवाहरुले बताएका छन।image

 

 

 

 

 

 

अध्यात्मिक गुरु (आचार्य राजन शर्मा )भीमसेन सापकोटाले देउसी भैलोको एक अवसरमा बोल्दै नेपाली पोषाक,विभिन्न बाद्याबादनका सामाग्रिहरु साथै आफ्नै संस्कृती झल्कने देउसी भैलो आउंदो पुस्तालाई सिकाउनु पर्नेमा जोड दिनुभयो।image

Comments

comments

सम्बन्धित शिर्षकहरु