नौ पालिकाको सहमति बन्यो, जिरी नगरपालिकालाई गाउँपालिकामा

दोलखा । दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् ।

दलको बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई एक नगरपालिका र आठ वटा गाउँपालिका सिफारिस गर्ने सहमति गरेको हो ।

योसँगै यसअघि नै जिरी, माली र ठूलोपातल गाविस जिरी नगरपालिका घोषण भएको भए पनि गाउँ पालिका बन्ने पक्का भएको छ । जिरी गाउँपालिकामा थप श्यामा गाविस थपिएको छ ।

नौ वटा पालिकाभित्र सिमाना, वडा र पालिकाको केन्द्रको विषयमा भने टुङ्गो लागेको छैन । यो विषयमा थप छप छलफल गरी कात्तिक १९ गते निर्णयक बैठक बस्ने सहमति समेत दलले गरेका छन् ।

यसअघि आयोगले तोकेको सात वटा नगरपालिका तथा गाउँपालिकाको सङ्ख्यामा राजनीतिक दलको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा नौ वटा पालिकाको सिफारिस गरेको थियो ।

आयोगको पछिल्लो निर्देशन अनुसार सातदेखि ११ वटासम्म पालिका हुने गरी स्थानीय निकायको सङ्ख्यामा सिफारिस गर्न निर्देशन दिएको थियो ।

कुन गाविस कुन पालिकामा

गौरीशङ्कर गाउँपालिका गौरीशङ्कर, खारे, चंखु, मार्बु, सुरी, झ्याँकु र जुँगु, जिरी गाउँपालिका ः श्यामा र जिरी नगरपालिकाको सबै वडा हनुमान्तेश्वर गाउँपालिका ः क्षेत्रपा, काब्रे, नाम्दु, मिर्गे र गैरीमुदी, तामाकोसी गाउँपालिका ः भीरकोट, झुले, जफे, मालु, सहरे, च्यामा र हावा, शैलुङ गाउँपालिका ः मेलुङ, डाँडाखर्क, भेड्पु, घ्याङसुकठोकर, पवटी र शैलुगेश्वर, चर्नावती वा देउराली गाउँपालका ः फस्कु, काटकुटी, मागापौवा, ताम्चेदुधपोखरी, भुषाफेदा र ९लाँकुरीडाँडा०, भीमेश्वर नगरपालिका ः बोच, भीमेश्वर नगरपालिका, सुस्पाक्षमावती र ९लाँकुरीडाँडा०, कालिञ्चोक गाउँपालिका ः सुन्द्रवती, सुनखानी, लापिलाङ, लामिडाँडा, बाबरे र कातिञ्चोक, लामाबगर गाउँपालिका ः विगु, आलम्पु, खोपाचागु, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामाबगरु ।

Comments

comments

सम्बन्धित शिर्षकहरु