अमेरिकामा देउसी–भैलो को बोहनी डिसी नेपाली राजदुताबासबाट 

necc-7
विजय थापा, वाशिंगटन डीसी
 
अमेरिकाको डीसी महानगर क्षेत्रको मेरिल्याण्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को अगुवाईमा देउसी भैलो कार्यक्रम-२०१६ को बोहनी वाशिंगटन स्थित नेपाली राजदुताबासबाट गरेको छ l यस भेकका बिभिन्न स्थानमा अग्रिम सूचना दिएर निस्केको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको टोलिले प्रथम पटक नेपाली राजदुताबासमा देउसी भैलो खेलेको छ l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र टोलीको नेतृत्व सभापति खिलेन्द्र न्यौपानेले गरेका थिए भने डीसी महानगर क्षेत्रका झन्डै एक दर्जन स्थानमा देउसी खेल्ने योजना सहित टोलि निस्केको छ l
 
आफ्नो परम्परा र सांस्कृतिक मार्फत नेपाल र नेपालीको पहिचान कायम राख्दै नेपाली समुदायलाई उपस्थितिको लागि आब्हान गरिदा स्व-स्फूर्त रूपमा पुरुष ,महिला ,कलाकार तथा युवायुवती देउसी भैलो खेल्न उक्त टोलिलाई साथ दिएका छन् l  
 
देउसी भैलोको लागि संचारकर्मी परशु तिमिल्शिनाले भट्याउदा अरुले साथ दिएका थिए भने महिलाहरुले पनि भैलो गीत सामुहिक रुपमा गएका थिए l देउसी भैलो गीत बाहेक अन्य नेपाली गीतमा नाचगान पनि गरेका थिए l 
 
कार्यक्रममा राजदुत अर्जुन कुमार कार्की( बिद्या वारिधि ) ले केहि व्यक्तिहरुलाई मखमली फूलको माला लगाई सम्मान गरेका थिए l  कार्यक्रमको  समन्वय गरि रहेका परशुराम भण्डारीले  नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको देउसी भैलो कार्यक्रम यो बर्ष समेत तेश्रो बर्ष खेलेको जानकारी गराएका थिए l 
 
देउसी भैलो टोलिले नेपाली राजदुताबासलाई आशिक दिएका थिए भने राजदुताबासले नेपाली सेलरोटी को साथै सम्मान स्वरुप बन्दि खाममा दक्षिणा प्रदान गरेको थियो l  देउसी नेपालको पुरानो लोक संस्कृति हो l देउसी नेपाली समुदायले मात्र खेल्दछन l पुरुषहरु नेपाली पोशाक ,नेपाली टोपी तथा महिलाहरु फरिया साथ छड्के तिलहरी सहित उपस्थित भएका थिए l 

Comments

comments

सम्बन्धित शिर्षकहरु