एन्फाको बन्दसत्र जारी, निर्वाचन केहीबेरपछि

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को नयाँ नतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त रहेको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । यसका लागि अहिले बन्दसत्र चलिरहेको र दिउँसो करिब ३ बजे निर्वाचन सुरु हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाको अध्यक्षका लागि वर्तमान कावा अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा प्रत्याशी छन् । त्यस्तै उपाध्यक्षमा मणि कुँवर, दीपक खाती र उपेन्द्रमान सिंहको उम्मेदवारी परेको छ । श्रेष्ठ र कुँवर एकै समूहका हुन् भने शेर्पा र खाती अर्को पक्षका हुन् । त्यस्तै राष्ट्रिय टोलीका पूर्वकप्तान सिंहले पनि एकल उम्मेदवारी दिएका छन् ।

यसअघि करिब २० वर्ष एन्फाका अध्यक्ष रहेका गणेश थापा भ्रष्टाचारको मुद्दामा १० वर्ष निलम्बनमा परेपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । नयाँ नेतृत्वले थापाको बचेको डेढ वर्षको कार्यकाल सम्हाल्ने छ । त्यसपछि चार वर्षको पूरा कार्यकालका लागि नयाँ निर्वाचन हुने बताइएको छ ।

थापालाई गत वर्ष फिफाले भ्रष्टाचार मुद्दामा १० वर्ष निलम्बन गर्दै फुटबलको कुनै पनि गतिविधिमा समावेश हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु