यी पोर्नस्टार जसले आत्महत्या रोजे

सनी लियोनले बलिउडमा भन्दा पोर्न फिल्म उद्योगमा नाम र दाम निकै कमाइन् । पोर्नस्टारका रूपमा चर्चित सनीले पोर्न फिल्म छाडिन् र मुम्बई पसिन् । बलिउडमा उनले अभिनय गरेका फिल्मले खासै सफलता हासिल गरेका छैनन् । उनी अब पुनः पोर्न उद्योगमा फर्कने योजनामा छैनन् । तर, पनि उनको नाम लिँदा सुरुमै पूर्वपोर्नस्टारबाट सम्बोधन गरिन्छ । पोर्न फिल्मबाट सन्न्यास लिएकी सनी बलिउडमै स्थापित हुन चाहन्छिन् । तर, त्यो सम्भावना दिनानुदिन कमजोर हुँदै गएको छ । सनीझैँ पोर्न फिल्म उद्योगमा नाम र दाम कमाएका थुप्रै पोर्न सेलेब्रिटी छन् । तीमध्ये कतिले कालान्तरमा पोर्न फिल्म छाडेका छन् भने कतिले अकालमै दुनियाँ छाडेका छन् । पोर्न फिल्ममा काम गरेकोमा पछुतो मान्दै अकालमै आत्महत्याको बाटो रोजेका केही पोर्नस्टारबारे भारतीय अनलाइनले तयार पारेको रिपोर्टः

करेन लंकाउम
फ्रान्सकी पोर्नस्टार करेन लंकाउमले १७ वर्षको उमेरमा पहिलोपटक यौन अनुभव लिएकी थिइन् । त्यसपछि उनलाई यौनको लत बस्यो । हुँदाहुँदा उनले पोर्न फिल्ममा अभिनय सुरु गरिन् । थुप्रै पोर्न फिल्ममा अभिनय गरेकी उनको पोर्न उद्योगमा राम्रै नाम थियो । तर, उनले ३२ वर्षको उमेरमा आत्महत्या गरिन् । मदिरा र लागुऔषधको ‘ओभरडोज’का कारण उनको मृत्य भएको बताइन्छ । उनी आफ्ना पूर्वप्रेमीको अपार्टमेन्टमा मृत फेला परेकी थिइन् ।
सोना ग्रान्ट
सोना ग्रान्ट न्युड मोडल र पोर्नस्टार थिइन् । सन् १९६३ मा क्यालिफोर्नियामा जन्मिएकी उनले सन् १९८४ मा आफैँलाई गोली हानेर आत्महत्या गरेकी थिइन् । दुई वर्ष मात्र उनले पोर्न फिल्ममा अभिनय गरिन् । दुई वर्षको अवधिमा उनले झन्डै ३० वटा पोर्न फिल्म गरिन् । बताइएअनुसार उनले पोर्न अभिनयबाट एक लाख डलर कमाएकी थिइन् । जब उनका पार्टनरलाई पुलिसले गिरफ्तार ग¥यो त्यसपछि उनले आफैँलाई सिध्याएकी हुन् ।
डाना प्लाटो
सन् १९६४ मा जन्मिएकी डाना प्लाटोले पोर्न उद्योगमा नाम कमाएकी थिइन् । तर, उनी ३४ वर्षको उमेरमा आफ्नो घरको पार्किङमा डोरीमा झुन्डिरहेको अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा ड्रग्सको ‘ओभरडोज’का कारण उनको मृत्यु भएको देखिएको थियो । उनी सन् १९९२ मा पहिलोपटक भिडियो गेममा देखिएकी थिइन् ।
बिबियन नेट्स
बिबियन पनि चर्चित पोर्नस्टार हुन् । सन् २००२ को डिसेम्बर २९ मा उनी आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनको मृत्यको कारण के थियो, कसैलाई थाहा छैन । आफूले गरेको कामप्रति पछुतो मानेर उनले आफूलाई सिध्याएको बताइने गरिएको छ ।
पालिन चान
३१ जुलाई २००२ मा आफ्नो अपार्टमेन्टको २४औँ तलाबाट पोर्नस्टार पालिनले हाम फालिन् । पोर्न फिल्ममा राम्रै नाम कमाएकी उनी मान्छेले आफूलाई हेर्ने दृष्टिकोण र व्यवहारप्रति निराश थिइन् । आफू डिप्रेसनमा भएको र आत्महत्या गर्नु नै उत्तम उपाय भएको उनले सुसाइड नोटमा लेखेकी थिइन् ।
एलेक्स जोडन
एलेक्स जोर्डन अमेरिकी पोर्नस्टार हुन् । उनले एक सय ६६ वटा पोर्न फिल्ममा काम गरेकी थिइन् । ३१ वर्षको उमेरमा उनले सन् १९९५ मा झुन्डिएर आत्महत्या गरिन् । उनको शब क्यालिफोर्नियास्थित आफ्नै घरबाट बरामद गरिएको थियो । उनले पनि बदनामी सहन नसकेर आत्महत्या गरेको बताइन्छ ।
अनातासिया ब्लु
यिनी पनि चर्चित पोर्नस्टार हुन् । यिनले सन् २००८ मा आत्महत्या गरेकी थिइन् । पोर्न जीवनप्रति बिरक्तिएकी अनातासियाले टाइलेनोल नामक ड्रग्सको ‘ओभरडोज’ लिएकी थिइन् । ‘ओभरडोज’ले गर्दा उनको हृदयाघात भएको थियो । उनले आत्महत्या गर्नकै लागि ड्रग्सको ‘ओभरडोज’ लिएको बताइन्छ ।
मेगन लिघ
मेगन अमेरिकी सुपरस्टार तथा एडल्ट भिडियोकी अभिनेत्री थिइन् । सन् १९९० मा २६ वर्षको उमेरमा उनको शव उनकै घर क्यालिफोर्नियामा बरामद भएको थियो । उनले गोली हानेर आत्महत्या गरेको बताइन्छ ।
वायोलेट एडम्सन
एडल्ट वेबसाइट बिग नेचुरल्सका लागि ३२ वर्षको उमेरमा पहिलोचोटि हार्डकोर सुटिङ गरेकी बायोलेट त्यसपछि तीन वषसम्म पोर्न मोडलिङ र अभिनयमा छाइन् । खास नाम फराह डन भए पनि उनलाई पोर्न उद्योगमा वायोलेटको नामले चिनिन्थ्यो । उनले ३५ वर्षको उमेरमा सन् २०१० को १९ डिसेम्बरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
पाउला वाट्स
पाउलाले पनि अत्यधिक लागुऔषध सेवन गरी आफूलाई सिध्याएकी थिइन् । ४१ वर्षीया पाउलाले सन् २००० मा अत्यधिक हेरोइन सेवन गरी मृत्यु अँगालेकी हुन् । यिनी पनि पोर्न उद्योगमा चलेकी अभिनेत्री हुन् ।
लेइला लोप्स
लेइला लोप्स पनि चल्तीकी पोर्नस्टार थिइन् । उनी पनि आफ्नो कर्मप्रति निराश भई लागुऔषधको अम्मली भएको बताइन्छ । सन् २००९ मार्च १२ मा उनलाई हृदयाघात भयो । हृदयाघातले नै उनको प्राण गयो । पोस्टमार्टम गर्दा उनले अत्यधिक ड्रग्स सेवन गरेको रिपोर्ट आयो । उनले ‘सुसाइड नोट’मा बाँच्ने चाहना मरेकाले मृत्य अँगालेको लेखेकी थिइन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु