एमाले महासचिवले अस्ट्रेलियामा कसकसलाई भेटे ?

कात्तिक २ अस्टेलिया । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अस्ट्रेलियामा राजनीतिक वार्तालाप गरेका छन् । अस्ट्रेलियाका उच्च तहका नेताहरुसँग पोखरेलले भेटघाट गरेका हुन् ।

प्रवासी नेपाली मञ्चको पर्यटन प्रबर्धन कार्यक्रममा करिब एक साताअघि अष्ट्रेलिया आइपुगेका नेता पोखरेलललगायतले सोमबार र मंगलबार अष्ट्रेलियाका पूर्व उपप्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरुसँग क्यानबेरामा रहेको संसद भवनमा द्विदेशीय सम्बन्ध र अन्य बिषयमा औपचारिक छलफल गरेको उनको सचिवाललय जानकारी दियो । उनले अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको संसद भवनको भ्रमण समेत गरेको बताइएको छ ।

पोखरेल नेतृत्वको टोलीले क्यानबेरामा विपक्षी दल लेबरका राष्ट्रिय अध्यक्ष मार्क बट्लर, पूर्व उपप्रधानमन्त्री तथा लेबर नेता एन्थोनी अल्बानिजी, पूर्व अर्थमन्त्री तथा लेबरका नेता क्रिश बोवन, छायाँ रक्षामन्त्री रिर्चड मार्लेस, लेबरका अर्का नेता म्याट थिसलवाइटलगायतकासँग भेटवार्ता गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु