एमाले महासचिव पोखरेल अस्ट्रेलिया किन आए ?

काठमाडौँ, २९ असोज । नेकपा एमाले का महासचिव ईश्वर पोखरेल अस्ट्रेलिया आउँदैछन् ।

एमाले निकट प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले सिडनी, मेलबर्न र ब्रिसबेनमा आयोजना गर्ने पर्यटन मेलामा सहभागि हुन उनी नेपालबाट शुक्रबार राती प्रस्थान गरेको महासचिव पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए । महासचिव पोखरेलले पर्यटन मेलाको उद्घाटन गर्ने कार्यक्रम छ । यही असोज २९ गते सो मेला सुरु हुँदैछ ।

उनले मेलवबर्न र ब्रिसबेनमा आयोजना हुने विभिन्न कार्यक्रममा सम्बोधन तथा त्यहाँ रहेका नेपालीसँग भेटघाट गर्ने कार्यक्रम पनि छ । महासचिव पोखरेलका साथ पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल पनि त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरु आगामी कात्तिक १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु