अष्ट्रेलियाविरुद्धको सिरिज दक्षिण अफ्रिकाद्वारा ह्वाइटवास

एजेन्सी, केपटाउन । भ्रमणकारी टोली अष्ट्रेलियाबिरुद्धको एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले ह्वाइटवास गरेको छ । बुधबार राती भएको अन्तिम एकदिवसीयमा खेलमा अष्ट्रेलियालाई ३१ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज ह्वाइटवास गरेको हो ।

केपटाउनमा दक्षिण अफ्रीकाले दिएको ३ सय २८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४८ ओभर २ बलमा अलआउट हुदै २ सय ९६ रनमा समेटियो । र, पाच खेलको सिरिज घरेलु टोलीलाई ५ – ० ले सुम्पियो । अष्ट्रेलियाले दक्षिण अफ्रीकाविरुद्ध पहिलो एकदिवसीय ६ विकेट, दोस्रो १ सय ४२ रन, तेस्रो ४ विकेट र चौथो एकदिवसीय ६ विकेटले गुमाएको थियो ।

एकदिवसीय सिरिज यसअघि नै गुमाएको अष्ट्रेलियाका कप्तान डेभिड वार्नरले शतकीय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन ्र वार्नरले १ सय ७३ रनको योगदान दिए । त्यस्तै अष्ट्रेलियाका टार्भिस हेड र मिथेल मार्शले समान ३५ – २५ रन जोडे । दक्षिण अफ्रिकाका क्यले एब्बोट, कागीसो राबडा र इमरान ताहिरले समान २ – २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३ सय २७ रनको योगफल तयार गरेको थियो । दक्षिण अफ्रिकाका लागि रिली रोस्सोवले १ सय २२ रनको योगदान दिए । त्यस्तै जेपी डुमिनीले ७३ तथा डेभिड मिलरले ३९ रन जोडे । अष्ट्रेलियाका जोय मीने र क्रिस ट्रेईमेनले ३ – ३ विकेट लिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु