आगलागीबाट रु पन्ध्र लाख बराबरको रक्सी डढेर नष्ट

इनरुवा, सुनसरी सदरमुकाम इनरुवा-५ महेन्द्रचोक स्थित दन्तकाली सप्लायर्समा आइतबारराति आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी सीताराम पाठकको रक्सीको थोक पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीमा को१२प २८५६ नंको पल्सर मोटरसाइकल सहित विभिन्न ब्रान्डका रक्सी, बियर, रेडबुल लगायत सामग्री पूर्ण रुपले जलेर नष्ट भएको छ ।
आगलागी स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागी आफ्नो भुलवशले कसैले व्यक्तिगत रिसइबीका कारण लगाइदिएको पीडित पक्षको भनाई छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु