हेटौडामा बस ठोक्किएर ६५ जना घाइते

हेटौँडा,काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको यात्रुबाहक बस हेटौडामा अाइपुग्दा दुई बस एक आपसमा ठोक्किदा करिब ६५ जना घाइते भएका छन् ।
काठमाडौँबाट छुटेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आइतबार बिहान ४ः४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा एकापसमा ठोक्किदा उक्त्त दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका २५ जनाको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सामान्य घाइते २० जनाको मनहरिस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको स्थानीय इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अन्य सामान्य चोटपटक लागेका यात्रुभने उपचार गरी आ–आफ्नो गन्तव्यतर्फ गएका छन ।

सम्बन्धित शिर्षकहरु