अष्ट्रेलियाको तासमनिया राज्यमा योग तथा अध्यात्मिक गुरु आचार्य राजन शर्माको योग,ध्यान संग संगै जीवन उपयोगि प्रवचन।

  • महेश्वर शर्मा
    सिड्नी,अष्ट्रेलिया

जीवनमा खुशि कसरि रहने? सधैँ खुशि रहने कला कसरि सिक्ने? हामीले पाएको यो जीवन अमुल्य उपहार हो।यो उपहारलाई सदैब सत कर्ममा लगाउंदै राम्रो कार्यमा सदुपयोग गरियो भने जीवन आफैमा सुन्दर छ।यो ब्यस्त जीवनमा सदैब खुशि रहन साथै खुशिका साथ बाँचिरहन योग,ध्यान,साथै विभिन्न हांस्य योग लाभ शिद्ध भईसकेको छ। यस्तै योग ,ध्यान प्रवचन मार्फत सरल जीवनका सुत्रहरू प्रस्तुत गर्दै,आत्मरन्जन , योग , ध्यान , हांस्य योग गराउंदै नेपाल,भारत,अमेरिका,क्यानडा,जापान, अष्ट्रेलिया,फिजी ,सिंगापुर लगायतका देशहरुका शहरहरुमा योग ध्यान तथा अध्यात्मिक प्रवचन दिईसक्नुभएका योग तथा अध्यात्मिक गुरु आचार्य राजन शर्माले अष्ट्रेलियाको तासमनियामा हिजो योग,ध्यान संग संगै जीवन उपयोगि प्रवचन दिनुभयो ।image

श्वामी हनुमान ज्युले यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु भएको थियो भने आजै भुटानी सोसाईटी नर्देन तासमनियाले ५५ पार्कल्येन्ड परेडा ल्याउन्चस्टोन मा गरेको  थियो भने आजको कार्यक्रम चर्चमा गरिएको थियो।यसलाई सफल बनाउन रुपनारायण कोईरालाले सहयोग गर्नु भएको हो। साथै भोलि होवर्ट नेपाली सेसाईटी तासमनियाले ४६० एलिजावेद स्ट्रिट न्युटाउन होवर्टमा गर्नेछ।कार्यक्रममा सहभागि धेरैले जीवन उपयोगी यो ध्यान योग तथा प्रवचनले जीवनलाई सरल र सकारात्मक बन्न सघाएको बताएका छन।यस्ता कार्यक्रमहरु सदैब गरिरहनुपर्ने पनि बताएका छन।image image image image image image image image image

Comments

comments

सम्बन्धित शिर्षकहरु