पेन्सर्ट नेपाली समुदायले नेपाली जेष्ठ नागरिकहरूलाई गोकुल धाम’ को तीर्थ यात्रा गराएको छ

असनेपालन्युज, सिड्नी ,पेन्सर्ट नेपाली समुदायले नेपाली जेष्ठ नागरिकहरूलाई गोकुल धाम’ को तीर्थ यात्रा गराएको छ । योग , ध्यान प्रवचन मार्फत सरल जीवनका सुत्रहरू प्रस्तुत गर्दै गराइएको सो यात्रामा करिव ५० जना सहभागि हुनुहुन्थ्यो ।योग तथा अध्यात्मिक गुरु आचार्य राजन शर्मा ले आफ्नो प्रवचन मार्फत आत्मरन्जन , योग , ध्यान , हांस्य योग गराउंदै गरिएको सो यात्राले जीवनलाई सरल र सकारात्मक बन्न सघाएको एक सहभागी जेष्ठ नागरिक शम्भु पोख्रेल असनेपाल न्युजलाई बताउनु हुन्छ । imageकार्यक्रममा नेपाली समुदायका पदाधिकारीहरू लक्ष्मण श्रेष्ठ , विदुर सापकोटा , हरि श्रेश्ठ , तिर्थ खतिवडा गायत्री पौडेल लगायतले आ-आफ्नो स्वयं सेवा प्रदन गर्नु भएको थियो । यो कार्यक्रम यात्रा नभएर जीवन मा सकारात्मक उर्जा थप्ने एक सुन्दर, अविस्मरणिय दिन बन्यो तसर्थ यसलाई पुन : निरन्तरता दिने प्रयास गर्ने छौं । अध्यक्ष श्रेष्ठ ले बताउनु भयो ।आचार्य शर्माले नेपाल,भारत,अमेरिका,क्यानडा,जापान, अष्ट्रेलिया,फिजी ,सिंगापुर लगायतका देशहरुका शहरहरुमा योग ध्यान तथा अध्यात्मिक प्रवचन दिईसक्नुभएको छ। imageimageimageimageimage

Comments

comments

सम्बन्धित शिर्षकहरु