मेलम्चीको खानेपानी छिट्टै भित्र्याउनुहोस्

prachand-mमेलम्ची । मेलम्चीमा कलकल पानी बगिरहेको छ, आसपासका डाँडाबाट झरना झरेको छ । प्राकृतिक सुन्दरताले छपक्कै ढाकेको मेलम्चीलाई सांसद शेरबहादुर तामाङले ‘चिटिक्क परेकी बेहुलीको’ उपमा दिए।

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालको अनुगमनपछि आयोजित कार्यक्रममा उनले उक्त उपमा दिएका हुन् ।

“हामी मेलम्चीलाई छिट्टै डोलीमा राखेर अन्माउन तयार छौँ तर हाम्रा पनि केही सर्त छन्”–सांसद तामाङले भनिरहँदा ड्यासमा बसिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भने मुसुमुसु हाँसिरहे।

सम्बोधनका क्रममा सासंद तामाङले प्राकृतिक सुन्दरताको वर्णन गर्दै मेलम्चीको खानेपानी छिट्टै भित्र्याउनुहोस् तर स्थानीय जनतालाई यसको रोयल्टी कम्तिमा प्रतियुनिट रु पाँच दिनोस, सके बढी नै दिनोस् भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधनका क्रममा भने, “म तपाईंहरुले माग गरेभन्दा बढी नै रोयल्टी दिन प्रयत्न गर्नेछु ।”

विडम्बना मेलम्चीको खानेपानी आयोजनामा पुग्ने प्रवेशद्वार वा सडकको अवस्था जीर्ण रहेको छ । ग्राभेलिङ गरेको, खाल्डाखुल्डी भएको र ठाउँठाउँमा गएको पहिरोले सडकलाई कुरुप बनाएको छ । तर पनि काठमाडौँका लागि खानेपानी पु¥याउन त्यहाँको जनशक्ति पूर्णरुपमा लागिपरेको छ ।

सो खानेपानी आयोजनाअन्र्तगत मेलम्ची, याङ्गरी र लार्के नदीलाई डाइभर्सन गरी सुरुङको माध्यमबाट दैनिक ५१ करोड लिटर खानेपानी काठमाडौँ भित्र्याउने लक्ष्य राखिएको आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु