शेधानान्तर घाटामा

%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95काठमाडौं । चालु आर्थिक वर्षको पहिलो साउनमा भुक्तानी सन्तुलन कायम हुन नसकी शोधानान्तर वचतमा घाटामा गएको छ ।
अघिल्लो वर्ष साउनमा ८ अर्ब १५ करोड रुपैयाँ बचतमा रहेकोमा विप्रेषण आप्रवाह र वैदेशिक अनुदान घटेको कारण समीक्षा अवधिमा २ अर्ब ३२ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको पहिलो महिनामा ४ अर्ब ७७ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २ अर्ब १३ करोड रुपैयाँ घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
देशमा भित्रिने भन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटा भएको हो । पछिल्लो समयमा र रेमिट्यान्स आप्रवाह र वैदेशिक सहयोग घटेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६१ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १ अर्ब २३ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजिगत ट्रान्सफर ७५ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ करोड रुपैयाँ थियो ।

विदेशी विनिमय सञ्चितिमा सामान्य सुधार आएको छ । ०७३ असार मसान्तमा १० खर्ब ३९ अर्ब २१ करोड रुपैयाँ रहेकोमा ०.३ प्रतिशत वृद्धिभई साउनमा १० खर्ब ४१ अर्ब ९७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुल सञ्चितीमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ ।
यस्तै गत असार मसान्तको तुलनामा साउनमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग स्थिर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.५ प्रतिशत अवमूल्यन भएको थियो । २०७३ साउन मसान्तमा अमेरिकी डलर १ को खरिद दर बढेर १०६.७२ पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर १०६.७३ थियो ।
राष्ट्र बैंकले २६ करोड डलर ७ करोड ५० लाख यरो बिक्री गरी ३६ अर्ब ८३ करोड बराबरको भारु. खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३२ करोड बिक्री गरी ३२ अर्ब ८० करोड बराबरको भारु खरिद गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु