जनताको पक्षमा काम गर्न सहिद परिवारको आग्रह

dsc1531-1-848x478काठमाडौँ, २७ भदौ । बाजुराका सहिद परिवारले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी जनताको पक्षमा काम गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भेट गरी उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई समेत दिए ।

त्यसैगरी आजै नुवाकोटका सर्वपक्षीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई भेट गरी उत्तरगङ्गा बेत्रावतीमा वृद्धाश्रम निर्माण एवम् पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माणमा गर्न अपिल गरेका छन् ।

भेटका क्रममा त्रिशुली–तुप्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने सडक निर्माण गर्नुका साथै त्रिशूली जलविद्युत् आयोजनाबाट पीडित भएका जनाताका समस्या समाधान गर्नसमेत प्रतिनिधिमण्डलले माग गरेको छ ।

सोही अवसरमा प्रधानमन्त्रीले जायज माग पूरा गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु