अष्ट्रेलियाको विकास बाट हामीले धेरै कुरा सिक्न सकिन्छ,समाजसेवि सारदा पौडेल ।

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया

समाज बदल्नेहो भने पहिला आफुबाटै शुरु गरौं।हामी जति पनी समाज बदल्ने कुरा गर्छौं,देश विकासका कुरा गर्छौं,अनुशासन तथा निती नियमका कुरा गर्छौं,अझ आफ्ना हक अधिकार प्राप्तीका लागि लडिरहन्छौं। तर कहिल्लै पनि सोंचेनौ हामी आफैले बनाएको निती नियम हामीले नै पालना गर्यौं कि गरेनौं भनेर? देशको विकास निती नियम बनाएर मात्रै होईन त्यसको पालना गरियो भने गाउं सभ्य बन्छ,समाज सभ्य बन्छ संग संगै देश विकासमा पनि ठूलै टेवा पुग्छ।image
विकसित राष्ट्रहरुमा पनि त निती नियमहरु छन ती निती नियमहरु सबैले पालना गर्छन र पो देश विकास भएकोछ। यस्तै अष्ट्रेलियाको यो विकास संग संगै यहां सबैले नियम पालना गरेको देख्दा समाजसेवि सारदा पौडेलेलाई हाम्रो देशलाई पनि यस्तै विकसित राष्ट्र बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो।रुपन्देहीको बुटवलमा स्थायी रुपमा बसोबास गर्दै आउनु भएकी नेपाल स्वयं सेविसंघकी केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा ट्रेड युनियन महासघं जिफनकी राष्ट्रिय कमिटी शिक्षा विभाग सदस्य सारदा पौडेल हाल अष्ट्रेलियाको भ्रमणमा हुनुहुन्छ। असनेपाल न्युज संगको सानो कुरा कानिमा उहांले यो देशको विकास बाट हामीले धेरै कुरा सिक्न सकिन्छ भन्नु भयो । समाजसेवि सारदा पौडेल संग गरिएको यो सानो कुरा कानि।

Comments

comments

सम्बन्धित शिर्षकहरु