सबै परिवर्तनकारी आन्दोलनमा महिलाको भूमिका प्रशंसनीय

pushpa-kamal-dahal-prachanda_650x400_81468312367काठमाडौँ, १९ भदौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली महिलाको महान् पर्व तीजको अवसरमा शुभकामना दिँदै देश–विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदी–बहिनीमा सुख, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले नेपालको सबैखाले परिवर्तनकारी आन्दोलनमा महिला वर्गले खेलेको भूमिकाको प्रशंसा गर्दै प्राप्त उपलब्धिप्रति गर्व गर्न तीज पर्वले प्रेरणा मिलोस् भनी कामना गरेको उनका प्रेस संयोजक गोविन्द आचार्यले राससलाई बताए ।

सम्बन्धित शिर्षकहरु