जनताको बचत सुरक्षित गर्नुस् : गभर्नर

chiranjibi-nepalकाठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएका छन् ।

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको आज यहाँ उद्घाटन कार्यक्रममा उनले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुनेतर्फ सचेत गराए।

“जनताको रकम बैंकले सुरक्षित गर्नुपर्छ, अन्यथा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता नै खराब हुन्छ,” उनले भने। नेपाल राष्ट्र बैंक ऐन, २०५८ पारितसँगै केन्द्रीय बैंकको भूमिका अझै सबल भएको भन्दै वित्तीय अनुशासनलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए।

भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एकापसमा गाभिएर भिबोर सोसाइटी डेभलपमेन्ट बैंक बनेको छ । हाल बैंकको रु एक अर्ब ८१ करोड पुँजी पुगेको सो बैंकका कार्यकारी अधिकृत झलक खनालले जानकारी दिए । हाल बैंकले रु १४ अर्ब निक्षेप सङ्कलन गरेको छ भने रु ११ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको एक लाख ५० हजार ग्राहक छन् भने विभिन्न ४२ शाखाबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु