बुवाको मुख हेर्ने दिन/ कुशे औँशि

imageमहेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

जब ईश्वर खोज्न हामी संसारका कैयन कठिनाईहरु पार गर्दै लामो यात्रा गर्छौं, ती यात्राहरुले दिएका दुःख र कष्ट संगै भेटिएको ईश्वरलाई देख्दा हामि असाध्धै खुशि हुन्छौं।ईश्वर संग मागेका धेरै चिज प्राप्त भए पुःन भेट्न कुदिरहेका हुन्छौं। र ईश्वर संग वर माग्ने भेट्ने यो रित चलिरहन्छ जीवनभर। जीवनका यात्राहरुमा हामी कहिल्लै सोंचेनौ बुझेनौ या बुझ्न खोजेनौ या बुझेर पनी नबुझे जस्तै गर्यौं
हामी संगै नजिक पनि ईश्वर छन भनेर। हामी संगै रहेका ईश्वरलाई हामी टाढा बनाउंदै छौं र नजिक हुँदा हामी आफैं टाढा भईदिन्छौं।साक्षात ईश्वर हाम्रै नजिक हुंदा ईश्वर खोज्न कुदिरहने हाम्रो मानस पटलमा बुवा आमा नै हाम्रा ईश्वर हुन भन्ने भान हुन्थ्यौ भने अनगिन्ती बुवा आमाहरु आज वृद्ध आश्रममा हुने थिएनन होला।आफ्नै बुवालाई वृद्ध आश्रममा राखि बुवाको मुखहेर्ने दिनको शुभकामना बांडिरहने हाम्रै रितलाई हाम्रा सन्ततिले पनि दुरुस्तै निरन्तरता दिनेछन। कुशे औंशि अर्थात बुवाको मुख हेर्ने दिनमा वृद्ध आश्रममा जब बुवालाई छोरा भेट्न जान्छ उ संग संगै आफ्नो पनि छोरा संगै छ भन्ने भुलिदिन्छ र आफ्नै छोराले आफ्नै बुवालाई पनि वृद्ध आश्रममा राख्न पर्दोरहेछ भन्ने सिक्छ। र दुरुस्तै निरन्तरता दिन्छ। यसरि चलिरहेको यो रित वर्षमा एक दिन बुवा प्रतिको माया अत्यन्त गाढा भएर आउंछ बांकि अरु दिन सधैं फिका हुन्छ। हाम्रै नजिकको ईश्वरलाई जब हामी ईश्वर ठान्दैनौ बुवा आमा नै हाम्रा ईश्वर हुन भन्ने बझाईलाई मान्दैनौ भने वर्षमा एक दिन बुवालाई गरिने माया बुवाको मुख हेर्ने दिनको निरन्तरता मात्र हुनेछ।

मातृ देवो भव।
पितृ देवो भव।।
गुरु देवो भव।।।

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु