दर्ता नभएका औषधिपसल बन्द गर्न स्वास्थ्यमन्त्री गगनको निर्देशन

:jf:Yo dGqL kbef/ u|x0f gjlgo'Qm :jf:Yo tyf hg;ªVof dGqL uugs'df/ yfkf dGqfnodf z'qmaf/ cfkmgf] kbef/ u|x0f ub}{ .  tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, ११ भदौ । कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले वैदेशिक रोजगारमा गएकाको स्वास्थ्य परीक्षणसम्बन्धी विवाद समाधान समितिको अध्यक्षमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहलाई सिफारिस गर्ने निर्णय गरेका छन् ।

मन्त्री थापाले दर्ता नभएका औषधिपसल बन्द गर्न औषधि व्यवस्था विभागका कर्मचारीलाई निर्देशन दिएका छन् । पदबहाली भएकै दिन विभागको वार्षिक समीक्षा बैठकको उद्घाटन गर्दै दर्ता गर्न निश्चित समय दिएर सो समयमा दर्ता नहुनेलाई तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।

सो अवसरमा अनुगमनलाई तीव्रता दिन पनि निर्देशन दिएका छन् । उनले केही काम गर्न प्रचलित ऐन–कानुनमा परिमार्जन गर्नुपर्ने भए त्यसमा आफू काम गर्न तयार रहेको बताए । विभागका कर्मचारीले प्रचलित ऐन–कानुन पुराना भएको र तिनीहरूले औषधि उद्योग र विक्रेताले गरेका लापरबाहीलाई कारबाहीको दायरामा ल्याउन गाह्रो रहेको गुनासो गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचा् छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु