नागरिक सचेत नभए देश विकास असम्भव : पूर्व मुख्यसचिव पौडेल

lilamani-paudalतुलसीपुर, ७ भदौ । नेपाल सरकारका पूर्व मुख्य सचिव एव वाग्मती सरसरफाईका अभियन्ता लिलामणि पौडेलले सचेत र जिम्मेवार नागरिक नभएको देशको विकास असम्भव हुने बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार तुलसीपुरमा आयोजना गरेको अन्तरक्र्रियामा कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेपाली जनताको सोच सरकारमुखी भएका कारण कुनै पनि क्षेत्रको सोचेजति विकास हुन नसकेको भन्दै पौडेलले जनता नउठ्दासम्म विकास सम्भव नहुने बताए ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाई तथा तुलसीपुर नगरपालिकाको साझेदारीमा मंगलबारदेखि तुलसीपुरमा सुरु हुन लागेको ‘ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर’ सरसफाई अभियानको उद्घाटनका क्रममा पूर्व मुख्य सचिब पौडेल सोमबार दाङ पुगेका हुन्।

पौडेलले हामी सबैमा प्रदुषित सोचको विकास भएका कारण सवै क्षेत्रमा फोहर वढेको बताउनुभयो । उहाँले आफनो ठाउँको सरसफाइका लागि हामी आफै जुटनु पर्नेमा पनि जोड दिए। संसारका कुनै पनि ठाउँको विकास त्यहाँको सरकारका कारण नभई त्यहाँका जनताले गरेको उनले बताए।

सरकारले मात्रै सरसफाई गर्न नसक्ने भन्दै उहाँले हजारौँले गरेको फोहर निश्चित सङ्ख्याका कर्मचारीले मात्र गर्न सक्दैनन्, उनले भने । पैसा नभएका कारण फोहर ब्यवस्थापन नभएको भन्ने भनाई गलत भएको टिप्पणी गर्दै पौडेलले पैसा धेरै भएकै कारण फोहर वढेको बताए ।

बाग्मती सफाईका बारेमा जानकारी दिँदै पौडेलले आज सम्म सो सफाई अभियान १७१ हप्ता पुगेको बताए । बाग्मती सफाई गर्दा आफूहरुले जाडोगर्मी, फोहर केही नभनी निरन्तररुपमा लागिपरेकै कारण आज त्यसको स्वरुप परिवर्तन भएको बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु