शिक्षा एक बोध “

 

एउटा सानो गाउ थियो त्यहाँको भएको स्कुलमा शिव नाम गरेका शिक्षकले पठाउने गर्थे | उनले पठाउदै गर्दा सबै बच्चाहरु प्राय सुत्ने गर्थे किन हो कुन्नि शिव गुरुले क्लासमा आएर पठाउन थाल्दा सबै सुत्ने गर्दछन आश्चर्य मान्दथे अरु क्लास बाट यसो बाहिर निस्केर हिड्दै गर्दा देख्ने शिक्षकहरु | त्यति मात्र कहाँ हो र उनले झन रामको कथा सुनाउदा त बुडो मान्छे सम्म पनि सुत्ने गर्दथे अरे | सायद यो कथा धेरै पल्ट सुनी रहनु परेकोले होला उनीहरुलाई कुनै अर्थ जस्तो र महत्वको लाग्दैनथ्यो | जब उनि पठाउन शुरु गर्दथे बच्चाहरु निधाउथे र पनि शिव गुरु भने पठाई रहन्थे आफ्नै धुनमा ! कसैले उसलाई केहि भन्दैनन | हैन शिक्षक पनि पो सुतेर पठाउछ कि? आखिर कसैले पनि त उसलाई हेरेका हुदैनन ? अन्य क्लासका टिचरहरु आपसमा मुखामुख गरेर कुरा गर्दथे |

शिव गुरुलाई रामको कथा कण्ठस्त थियो | पुस्तक त उनले हातमा लिएका हुन्थे तर उनलाई त्यो पल्टाएर हेरी रहनु जरुरी थिएन त्यसमा भएका श्लोक र कथा भित्रका मिठो शैलीहरु उनलाई याद भएकोले सुन्दा यस्तो लाग्दथ्यो कि सायद गुरुले बोलेका सबै कुरा सत्य र आँखैले प्रत्यक्ष देखेका हुन |

मन मनै सुधाले गुन्द्छे,यसो आँखा कुनै बेला उघारेर हेर्दा ,शिक्षकले सुनाएका कथालाई तर उसले अनुमान नै गर्न सक्दिन कि गुरुले के बोल्दै छन के भन्न खोज्दैछन | सायद गुरुले त्यो पठेर कण्ठस्त गरेको हुनुपर्छ | ठिक त्यसै बेला बाहिर निस्केकी सिता ह्स्यांग फास्यंग गर्दै दौडिदै आई पुग्छे कोठामा र सबैलाई सचेत गराउछे | अफिसमा त लौ अचानक स्कुलको निरिक्षन गर्न शिक्षा अफिसबाट निरिक्षकहरु आएका छन रे | अरु बाहिर उभिनु भएका सरहरुपनि आ-आफ्नो क्लासमा पसेर सबै विद्याथीहरुलाई किताब निकालेर पढ भन्दै गरेको सुने | बाहिर पानी खान गएका वाल बालिकाहरु कोठामा गुटुटुटु भएर पस्छन र त्यो दौडिएको आवाजले फसफस सुतिरहेका बाल बालिकाहरुपनि उठेर अनुशासित भएर बसे | शिक्षकले पनि सज्जक भएर गम्भीर पुर्वक पठाउन थाले |

कोठामा निरिक्षन गर्न आएका निरिक्षकले यताउता अन्य रुममा पठाई रहेको देखि नजर फर्काउदै त्यही कोठामा पस्छन | त्यसरी गुटु टुटु गरेर दुइचार जाना ठुला मानिस आएको देखेर सबै बालबालिका जराजुरुक्क उठ्छन सबैलाई बस भन्दै आएकाले आग्रह गर्छन | शिव सरले ठुलो आवाज गरेर पठाउदै गरेको देखेर भन्छन कि म तिमीहरुलाई केहि प्रश्न गर्छु त्यसको उत्तर दिनु पर्छ है त ! “किन कि यहाँ रामको कथा पठाईने गरिन्छ | म रामको चलित्र सम्बन्धि कै बारेमा केहि सोध्नेछु | ज्ञानी भएर आँखा टाटो पारेर बसेका विद्याथीहरु शान्त भावमा थिए | शिव गुरु ट्वाल्ल परेर निरिक्षकको अनुहार तिर हेरिरहे र मनमनै सोच्न थाले लौ आज कस्तो प्रश्न गर्ने हुन यिनीहरुलाइ |

निरिक्षकको प्रश्न थियो लौ भन शिष्य हो “शिवको धनुष कसले तोड्यो हा ?” निरिक्षकले निक्कै विचार गरेर यो प्रश्न गरेका थिए किन कि बच्चाहरुलाई तोड फोड़ जस्ता कुरा चाडै याद हुने गर्दछ त्यसैले उनीहरुले यस्तो प्रश्नको उत्तर तुरुन्तै दिन सक्छन | उनीहरु सबैलाई यो प्रश्नको उत्तर पक्कै पनि थाहा छ | एक छिन क्लासमा मौनता देखियो एकले अर्काको अनुहार निहाल्न थाले | विद्याथीहरुले र फेरी ‘ निरिक्षकले दोह्राएर प्रश्न सोधे | ल कसले भन्न सक्छ ? ” शिवको धनुष कसले तोड्यो त ? क्लासमा सबै शान्त थिए | कसैले केहि नबोल्न पाउदै मौनतालाई तोड्दै श्याम नाम गरेको बच्चाले हात उठाएर जुरुक्क उठेर भन्यो | माफ गर्नुस मलाई त थाहा छैन त सर |” शिवको धनुष कसले तोड्यो ? किन कि म पन्द्र दिन देखि बिरामी भएर छुट्टीमा थिए त्यसैले मैले त त्यो तोडेकी छुइन नि | मेरो नाम लाग्छ कि भनेर मैले सबै भन्दा पहिला नै उठेर भनेको हुँ | मलाई त धनुषको बारेमा केहि थाहा छैन जसले पनि स्कुलमा कुनै कुरा तोड फोट भयो भने मेरै नै नाम लिने गर्दछ त्यसैले पनि म हिजो आज छुट्टी लिएर बस्नु पर्दा निवेदन लेखेर दिने गर्दछु |
निरिक्षण गर्न आएका निरिक्षक आश्चर्य मान्दै छक्क पर्दै हैरान भए | उनले सोचेका पनि थिएन कसैले यो प्रश्नको उत्तर यसरी देलान भनेर अनि आश्चर्य चकित हुदै शिव गुरुको अनुहार तिर हेरे त्यो वेला शिव गुरुको हातमा त्यो बालकले बोल्दै गर्दा लट्ठी लिएर हल्लाई रहेका थिए र उनले भने पक्का पनि यसैको बदमासी हुनु पर्छ |

यसको यो सधैको बानी छ यदी तैले यो धनुष भाचेको थिनस भने पहिले नै उठेर तैले आफ्नो कुराको सफाई दिनु पर्ने काम थिएँन त ? शिव गुरुले भने सर यो केटाको कुरा नसुन्नुस किन कि यो केटा एकदमै फटाहा,र बदमास छ | यदी स्कुलमा कुनै कुरा टुट फुट भएको बेला ९९% यसैको नै हात हुन्छ त्यसैले यो धनुष तोड्ने पनि यसैको काम होला | यस्ता क्लासमा पठाउने शिक्षकको कुरा सुनेर स्कुल निरिक्षण गर्न आएका निरिक्षक हुरुक्क परे | उनले शिव गुरुको अनुहार तिर पुलुक्क हेर्दै उनले त्यहा कुनै कुरा भन्न उचित सम्झेनन र रन्थनिदै सिधै हेडमास्टर नेर अफिसमा गए र आफुले गरेको प्रश्नमा क्लास भित्र घटेका धटनाको बारेमा बताए | जुन क्लासमा रामको महिमाको बारेमा सधै पठाइन्छ कथा सुनाइन्छ त्यो क्लासमा मैले एउटा प्रश्न गरे “शिवको धनुस कसले तोड्यो ? एउटा बच्चाले उठेर भन्यो त्यो धनुष मैले तोडेको छुइनँ ,किन कि म पन्द्र दिन देखि बिरामी भएर छुट्टीमा थिए | हो मानिसमा एउटा कमजोरी हुने गर्द्थ्छ जुन उसलाई त्यसको ज्ञान हुदैन | उसलाई अभिमान हुन्छ कि म सबै कुरा जान्दछु तर उसमा धेरै किसिमका कमजोरी छन भन्ने कुरा उसको आफ्नो अभिमानको कारण थाहा पाउदैन | ”
कसैलाई थाहा थिएँन कि “शिवको धनुष के हो | तर पनि मलाई थाहा छैन भनेर भन्न सक्दैन त्यो त ? आफुमा भएको कमजोरी,अज्ञानता देखाउन चाहदैन न स्वीकार नै गर्छ उसले | मानिसको जीवनमा यो भन्दा ठुलो धटना के नै हुन सक्छ र ? हो आज देशको जिम्मेवारी काधमा लिनेहरुको दुर्भाग्य यस्तै छ..| आफ्नो स्वार्थमा यति गिर्छन उनीहरुलाई आफ्नो कर्तुत याद हुँदैन र एक अर्कामा आक्षेप लगाउन व्यस्त रहन्छन |जसको कारण भोग्नु पर्छ देश र जनताले…| चेत कहिले खुल्ने? गल्तिको यह्सास कहिले हुन्छ यिनीहरुलाई?
आजको स्वार्थपुर्ति अज्ञानाधंकारमा डूबेका शुद्ध स्वार्थी राजनितिक परिदृश्यमा मात्र चाणक्यका ज्ञानामृतले नै नेपालको पथ – प्रदर्शकको क्षमता राख्दछ । त्यसैले हामीलाई राजनीति ,सामाजिक , आध्यात्मिक मुक्ति मार्ग देखाउन सक्छ । आजको सदोष राष्ट्रिय परिस्थिति वर्तमान कुशिक्षाले गर्दा हो । राष्ट्रिय भावना, राष्ट्रिय हित तथा मनुको आदर्श आज छैन लोप हुँदै जादैछ । अहंकारी विद्याको वोलवाला छ भने सास्कृतिक स्वरूप ध्वंश भएको छ । निष्काम सेवा भावको दिवाला निस्की सक्यो । प्रभुता लोभी नेतापन मदिरामा मस्त छन । चाणक्यका राजनीति चिंताधारालाई समाविष्ट गरेर नै नेपालको उद्धार हुसक्छ । यस्को अध्ययन पारायणबाट नै राजनीतिको बुझाई संगसंगै मानिसमा सच्चरित्र एवं धर्मनिष्ठा र कर्मशील मानवको समुचित विकासको पर्याप्त संभावनाहरूको छन । यसै कारण यो नीति आज पनि प्रासंगिक छ ।
कामधेनु गुणा विद्या ह्य काले फलदायिनी
प्रवासे मातृ सदृश्यी गुप्त धनं स्मृति !!
निशा अर्याल
इजरायल

Comments

comments

सम्बन्धित शिर्षकहरु