रियो ओलम्पिकमा सरस्वतीको नयाँ राष्ट्रिय कीर्तिमान

4-2काठमाडौँ । ब्राजिलमा जारी ‘रियो ओलम्पिक –२०१६’ अन्तर्गत एक हजार ५०० मि दौडमा नेपालकी सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

रियो द जेनेरियोमा आज बिहान भएको स्पर्धामा उनले उक्त दौडमा नेपालको २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भङ्ग गर्दे नयाँ कीर्तिमान बनाएकी हुन् । दौडको पहिलो हिट्समा १३ औँ स्थानमा रहँदै उनले निर्धारित दूरी पार गर्न ४ मिनेट ३३।९४ सेकेन्ड लगाइन् । यो नेपालका लागि नयाँ राष्ट्रिय कीर्तिमान हो ।

यसै दूरीको स्पर्धाअन्तर्गत सन् १९९० को एसियाली खेलकुदमा राजकुमारी पाण्डेले ४ मिनेट ३४।४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यसअघि सरस्वती आफैँले भने यो स्पर्धामा समय ४ मिनेट ४०।१५ सेकेन्डको प्रदर्शन गरेकी थिइन् ।

नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेपनि सरस्वती प्रतियोगिताबाट बाहिरिएकी छिन् । यो स्पर्धामा ४ मिनेट १०।६१ सेकेन्डमा दूरी पार गरेकी इथोपियाकी गेन्जेबा डिबाबा पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गरिन् । यस्तै आयरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, जर्मनीका धाविका पनि दोस्रो चरणमा प्रवेश गर्न सफल भए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु