नेपाल माउण्टेन एकेडेमी खोल्न पहल गर्छुः प्रधानमन्त्री प्रचण्ड

DSC0246-848x478काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा माउण्टेन सम्बन्धि अध्ययन गर्ने एकेडेमी स्थापना गर्न पहल गर्ने बताएका छन् ।
सगरमाथा आरोही संघका प्रतिनिधि मण्डलसँग सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । “नेपाल हिमालयको देश हो,” प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले भन्यो, “विश्वभरका मानिसले नेपालमा आएर माउण्टेन सम्बन्धि अध्ययन गर्नका लागि नेपाल माउण्टेन एकेडेमी स्थापना गर्न पहल गर्नेछु ।” भेटमा आरोहीहरूले प्रधानमन्त्रीलाई बधाइ ज्ञापन गर्दै आरोहण सम्बन्धि सम्भावना र जटिलताबारे जानकारी गराएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु