‘राष्ट्रिय एकता सुदृढीकरण प्राथमिक कार्यभार’

 

k|wfgdGqL kbef/ u|x0f gjlgjf{lrt k|wfgdGqL k'iksdn bfxfn laxLaf/ k|wfgdGqL sfof{no l;+xb/af/df kbef/ u|x0f ug'{x'Fb}  . tl:a/M /f]zg ;fksf]6f, /f;;

साउन २१ । काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक राष्ट्रिय एकताको सुदृढीकरणसँगै नेपालको संविधानलाई अधिकतम सर्वस्वीकार्य बनाउनु सरकारको प्राथमिक कार्यभार रहेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार साँझ प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मधेसी, थारूलगायत समुदायको मागलाई संविधानमा समावेश गरी संविधान कार्यान्वयनको सुनिश्चितता अहिलेको आवश्यकता हो भने।

प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणमा भएको सुस्त गतिलाई तीव्रता दिइने, आर्थिक विकासका लागि तात्कालिक र दीर्घकालीन विकासका आयोजना अघि बढाइने र मुलुकमा रोजगारी वृद्धि गरिने बताए ।

उनले भने–“जनता र राष्ट्रको पक्षमा काम गर्न आवश्यक छ, विकास र प्रगतिका लागि सबै दलबीच सहकार्य र एकता नभए अफ्ठ्यारो स्थिति आउन सक्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु