सुनको भाउ आकासियो

soonसाउन २० । काठमाडौं, नेपाली बजारमा सुनको भाउ आकासिएर प्रतितोला ६० हजार नजिक पुगेको छ ।
बुधबार सुनको भाउ बढेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यो भाउ साढे २ वर्ष अघिको हो । मंगलबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि यसको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघको पुर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार बुधबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १५ डलर बढेर १ हजार ३ सय ६५ डलरमा कारोबार भएको छ ।
डलर कमजोर हुदै गएपछि सुनमा लगानी बढ्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको उनको तर्क छ । सुनको भाउ बढी रहेकाले ६० हजार नाघने अनुमान उनको छ । सनको भाउ बढ्दै गएपछि बजार सुनसान हुन थालेको शाक्य बताउँछन् । बुधबार तेजावी सुनको भाउ बढेर ५९ हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ बढेर प्रतितोला ९ सय २० रुपैयाँ पुगेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु