अनेसास एनएसडब्लुले सिड्नीमा एक पृथक “तीज विशेष साहित्यिक कार्यक्रम”गर्ने ।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

नेपाली भाषा,संस्कृिती र साहित्य नरहे हामी कहां रहौंला। हामी विश्वको जुन ठाउंमा रहेपनि हाम्रै भाषा,संस्कृिती र साहित्य सदैव प्यारो हुन्छ। र यसलाई सदैव बचाई राख्ने दायित्व हाम्रो पनि हो।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाले हरितालिका तीजको उपलक्ष्यमा “तीज विशेष साहित्यिक कार्यक्रम”गर्ने भएको छ। सो कार्यक्रममा महिला र पुरुष सबैले तीज सम्बन्धि आफ्ना रचनाहरु सुनाउन सक्नेछन।२१ अगष्ट २०१६ आईतबार हुने सो कार्यक्रम दिउसो २:३० देखि ४:३० सम्म चल्ने छ।image
खानाको लागि शुल्क $१० राखिएको सो कार्यक्रम ५५२ प्रिन्सेस हाईवे,रकडेल मा हुने भएको हो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाले गर्न लागेको एक फरक प्रस्तुती “तीज विशेष साहित्यिक कार्यक्रम” मा सहभागि भई कार्यक्रमलाई सफल बनाउन सबैमा अनुरोध गरिएको छ। असनेपाल न्युज संग कुरा गर्दै अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेले अत्यन्त पृथक प्रस्तुती “तीज विशेष साहित्यिक कार्यक्रम” मा महिला तथा पुरुष सबैले तीज सम्बन्धि आ-आफ्ना रचनाहरु सुनाउन सकिने बताईन। सो कार्यक्रम सम्बन्धि विस्तृत जानकारीको लागि सानु घिमीरे 0424 981 983 र महेश्वर शर्मा 0425 800 382 लाई फोन सम्पर्क गर्न सकिने छ। साथै [email protected] मा पनि ईमेल गर्न सकिने छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु