“विनासकाले विपरीत बुद्धि” – यदुवंश को बिनाश

श्रीमद्भागवत गीतामा आधारित कथा ” ” भनिन्छ नि विनास काले विपरीत बुद्धि” विनास हुन कारण ठुलो चाहिदैन रे त्यस्तै सानो मजाक गर्नाले भयो यदुवंशको नाश ” भविष्यका वक्ता सानडिल्य ऋषिलाई उत्छिंगर ,उत्याउला यदुवंशी यादबहरुले जिस्काउने चेष्टा गरि उल्याउँन भनेर एकजना पुरुषलाई गर्भवती महिलाको पोशाक लागएर गर्भ रहेको झैँ पारि ऋषि सामु उभ्याउदै सोधे | महर्षि जी लौ भनिदिनुस न यिनले छोरा पाउछिन कि छोरी ? ऋषिले उनीहरुको अनुहार तिर हेरे तर त्यो प्रश्नको उत्तर दिन मन लागेंन | त्यो बेला उतछिन्गल यादबहरुले फेरी जिद्दी गरेर वारम्बार प्रश्न गर्दा पनि ऋषि मूनि मौन भएको देखेर भन्न लागे | महर्षि जी साच्चै तपाई जान्ने नै हुनु हुन्छ भने आज लौ भन्नुस यिनले के जन्म दिन्छिन त ? हैन भने हामीले तपाइलाई विश्वाश गर्ने छैनौ |अनि महर्षि ऋषि गम्भीर भए,र मनमनै भन्न लागे “विनास काले विपरीत बुद्धि “मेरै मुखबाट यदुवंशको विनास निम्याउँन नै आज यिनीहरुको मति भ्रष्ट भएछ र म निरै आएर यिनीहरुले यस्तो किसिमको प्रश्न गरिरहेका छन सायद इस्वरको मर्जी नै यस्तै छ मेरै मुखबाट यदुवंशको बिनास हुन् लेखेको रहेछ | , उनीहरुले गिज्याउदै बारम्बार वार गरे झैँ गरि प्रश्न गर्दा ऋषिले उत्तर दिनु अघि उनीहरु सबैको अनुहारमा दशा मडराएको देखेर छोटो जवाफ दिए यिनले यदुवंशको विनास गर्ने मुशल पाउछिन त्यस्तो जवाफ सुनेर खिल्ली उठाउदै एक आपसमा कुरा गर्न लागे .| खुव जान्ने महर्षि भन्थे सबैले तर गर्भवती भएको झैँ पोशाक लगाएर पुरुषलाई उभ्याएको सम्म नचिन्ने मह्र्शिलाई ठुलो देखका रैछन मुर्खहरुले | यस्तो प्रकारको आपसी कुरा गर्दै महर्षिका कुरा न पत्याएका यदुवंशीहरुले घरमा पुगे पछी उसको कपडा खोल्दा एउटा फलामको मुशल गर्भवती बनाएको कपडाको पोकोमा फेला पर्यो त्यो देख्दा आश्चर्य भएर सबै डराए र बुडापाखालाई सबै वृतान्त आफुहरुले गरेको कुरा सुनाए पछी उनीहरुले ती उतछिन्खर हरुलाई भनेकी गएर समुन्द्रको किनारमा लगेर त्यो फलामको मुशललाई घोटेर सिध्याई देऊ त्यस पछी कसरि बिनाश गर्ला त यो मुशलले ? बुडापाखाहरुले भने अनुरुप नै ती यादबहरुले गरे | केहि समय पछी सामुन्द्रिक किनारमा लागेको ठुलो उत्सव मनाउन गए | उत्सव मनाउंदै गर्दा एक्कासी यादबहरु विच एक आपसमा विबाद पर्न थाल्यो | विबाद यति परस्पर बढ्यो कि आपसमा आक्रमण गर्न थाले | कोहि कसैलाई शान्त गराउन सकेनन | आगोमा घिऊ हाले झैँ गरि उनीहरुको आपसी आक्रमणले विशाल रुप लिएर त्यही मुशल घोटेको ठाउमा निस्केको तलवार धार झैँ भएको लामो लामो सिरौटे पातको झार टिपेर एक अर्कालाई हान्न थाले त्यही झारले तलवारको रुप धारण गर्यो | तलवारले जस्तै एक अर्का बीच आक्रोशमा हत्या हुँदा यदुवंशीको विनास भएको देखेर श्रीकृष्ण र वलराम दुबैले आ-आफ्नो शस्त्रले रोक्न प्रयास गर्दापनि केहि सिप नलाग्दा श्रीकृष्णले आफ्नो हातको चक्रले रोक्न कोशिस गर्नु हुँदापनि त्यो आक्रमण रोकिएन र श्रीकृष्ण एकदमै चिन्तित भइ एउटा रुखको फेदको छायाँमा पल्टिएर निराशामा डुब्नु भएको अबस्थामा टाडाबाट एउटा व्याधाले मृग जस्तै देख्यो र त्यही समयमा श्रीकृष्णले आफ्नो खुट्टाको बुढी औला हल्लाउदै गर्दा मृगको कान हल्लिए झैँ व्याधालाई लाग्नाले उसले आफ्नो धनुषतिर निशाना लगाउदै खैचीएर छोड्यो .| केहि क्षणमा अब त मृग ढल्यो कि भनेर रुखको फेदमा हेर्न जाँदा श्रीकृष्ण छटपटाई रहेका रहेछन त्यसरी आफ्नो तिरबाट घाइते श्रीकृष्णलाई छटपटाई रहेको देखेर आफ्नो गल्ति प्रति क्षमा माग्न थाल्यो र व्याधालाई श्रीकृष्णले सोधे यो बाण तिमीले कहाँ बाट ल्यायौ ? व्याधाले भन्यो मैले समुन्द्रमा माछा मार्न जाँदा एउटा अलिक ठुलो माछा परेको थियो र त्यही माछाको पेट भित्र एउटा फलामको टुक्रा भेटिएको थियो र मैले त्यही फलामले यो तिर बनाएको हुँ |, श्रीकृष्णले यसो विचार गर्नु भयो र थाहा भयो कि त्यै मुशलको टुक्रा धोटर सानो बाकि रहेकोलाई समुन्द्रमा फलेकाले माछाले खाएको रहेछ र श्रीकृष्णले त्यो व्याधालाई पनि चिने ऊ पुर्व जन्ममा वली पुत्र अंगद थिए | श्रीकृष्णले भने तिमी वली पुत्र अंगद हौ | तिमीले पिताको वैरी साध्ने वरदान मागेका थियौ र मैले त्यो बेला अर्को जन्ममा प्राप्त गर्नेछौ भनेर वरदान दिएको थिए | तिम्रो पिता वलीलाई मैले हत्या गरेपनि अर्को जन्ममा शास्त्रु साधना गर्ने विश्वाशले वानब फौजमा तिमी सेनापति भयौ र तिम्रो पनि अब यसैबाट मुक्ति भयो र म पनि आफ्नो परमधाम जान्छु | विनास हुनु छ काल मडारिएको छ भने नष्ट हुनलाई कुनै सानो बहाना भए पुग्दो रैछ अर्थात् काललाई एउटा सानो दोष दिंदा हुदो रैछ भन्ने यो कथाको सार हो | जुन आज नेपालका नेताहरु भारतीय काल बनेर उभिएको देखिरहेका छैनन् उनीहरुको आँखामा पट्टि लागेको छ र विवेक शुन्य भएको छ र त आफ्नै आङ्गमा काल मडारिएको देख्न सकिरहेका छैनन त्यसैले आफ्नै मातृभूमि आमाको छातीमा बन्चरो हान्न तयार देखिन्छ मनस्थिति गुमाएको पागल झैँ गरी | विनासकाले विपरीत बुद्धि |” श्रीकृष्ण राधेराधे , अस्तु, निशा अर्याल इजरायल

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु