‘मर्दा नेपालीनै भएर मर्न पाइयोस’ भुटानबाट खेदिएका बा-आमाको अपिल ।

bhutan 2 bhutan 4 bhutan 5bhutan1असनेपालन्युज समाचार । सिड्नी।ब्ल्याकटाउन । बुढा मरे भाषा सरे , यो चल्तिको बोली हो । आधुनिक समाजले पुरानो पुस्तालाई आफ्नो भाषा सार्न सक्छ कि सक्दैन यो सबै देशका बहुसामुदायिक समुदायको चासोको विषय बनेको छ । यस्तै चिन्ता बाट मुक्त हुन भुटानीमुलका नेपाली समुदायले नेपाली भाषा साहित्यको गोडमेललाई निरन्तरता दिएका छन्। अस्ट्रेलियाका भुटानी नेपाली समाजले यस्तै एउटा स्तुत्य कार्य गरेको छ भाषाको प्रवर्द्दनमा । यसैअनुरुप “नेपाली साहित्यिक भेला तथा सिर्जना वाचन प्रतियोगिता”लाई सिड्नीको ब्ल्याकटाउनमा सम्पन्न गरिएको छ। जहां नवोदित र अगुवा सर्जकहरूले आ-आफ्ना सिर्जनालाई सजाए ।
भुटानी समाजका अध्यक्ष नरेश पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ साहित्यकार ,अधिकारकर्मी,अनुवादक तथा समालोचक उमा कार्की रहनु भएको थियो। त्यस्तै साहित्यकार, फिजीका लागि संस्कृतिक राजदुत तथा अध्यात्म प्रवर्द्दक भीमसेन सापकोटा(आचार्य राजन ) विशिष्ट अतिथी रहनु भएको थियो। अनेकौं उतार चढावका विच आफ्नो थाक थलो छोडेर अस्ट्रेलियामा रहन पुगेका अनेक भुटानी मुलका नेपालीहरू गाथा मिसिएका रचनाहरूले नेपाली साहित्य मगमगाएको थियो,सो अवसरमा ।’मर्दा नेपालीनै भएर मर्न पाइयोस’ भन्दै पूराना गीत र चुट्कीका भाकामा भुटानबाट खेदिएका बा-आमाहरूले  अपिल गरेका थिए ।
भुटान बाट लखेटीए पनि शरीर बाट नेपालीपन नलखेटिने उहांहरूको रचनाले बोलिरहंदा धेरैका पीडा कार्यक्रममा आंशु बनेको थियो ।

धेरै जसो प्रतियोगीहरुको सिर्जनामा देशको दर्द बोलेको थियो।भाषा हराएको पीडा छर्लङ्ग पोखिएको थियो। भाषा प्रेमिहरू जहाँं पुगे पनि देश को पहिचान थपिरहने कुरा सो प्रतियोगिताको निर्णायक मण्डलका प्रमुख उमा कार्कीको भनाइ थियो । छन्दका गुलिया भाकाहरूलाई निर्णायक थिर प्रसाद भण्डारी लगायत थुप्रै सर्जकहरूले सो अवसरमा वाचन गरेका थिए । विशिष्ट अतिथि तथा निर्णायक सापकोटाले साहित्यका मालिहरू जहां पुगे पनि देशको पहिचान तन्काई रहने छन् भन्दै अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास ) मार्फत चालिएको भाषा साहित्य प्रवर्द्दनको अभियानमा नेपाली भुटानी समुदाय समेत जोडीएर अघि बढ्ने बताउनु भयो ।

यस्तै विशिष्ट अतिथि तथा साहित्यकार भीमसेन सापकोटाले आफ्ना रचना मार्फत सबैलाई आकर्षित पार्दै जीवनोपायोगि योग , ध्यान र सम्यक जीवनका सुत्रहरूको परिचयात्मक प्रवचन गर्नुभएको थियो ।कार्यक्रम हांसो र संवेदनाले अविष्मरणिय बनेको थियो । यस्तो साहित्यिक कार्यक्रम समुदायमा  फेरी दोहोर्याउनु पर्ने नेपाली समुदयाका प्रतिनिधि निर्मल के सिले बताउनु भयो ।  कार्यक्रममा साहित्यकार  कार्की लगायत डा ॐप्रसाद ढुङेल,समुदायका अर्का अगुवा ॐ प्रसाद ढुङेल, पद्म काफ्ले , नन्दु भण्डारी लगयतले समेत रोचक सिर्जना वाचन गरेका थिए ।  सो प्रतियोगितामा कविता तर्फबाट नारायण धिमाल प्रथम तथा गोमा ढुँगेल द्वितीय हुनुभएको थियो भने गजल तर्फबाट विवश गौतम प्रथम तथा माधव अधिकारी द्वितीय हुनुभएको छ। ३ दर्जन स्रस्टाहरुले आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो।अशोसिएशन अफ भुटानिज इन अस्ट्रेलिया सिड्नी (एबीए ) को आयोजनामा कार्यक्रम अल्फा पार्कहल अल्फा स्ट्रीट ब्ल्याक टाउन मा सम्पन्न भएको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु