साताको साहित्य र नेपाली पत्रको आयोजनामा सिड्नीमा चर्चित युवा साहित्यकार अमर न्यौपानेको अन्तर्क्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न ।

महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,मदन पुरस्कार विजेता,तथा चर्चित युवा साहित्यकार अमर न्यौपानेको सिड्नीमा अन्तर्क्रिया,कविता वाचन तथा पुस्तकमा हस्ताक्षर कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। साताको साहित्य र नेपाली पत्रको आयोजनामा हिजो शनिबार दिउसो ३:३० बजे सुरुभएको सो कार्यक्रममा थुप्रै पाठकहरुले आ-आफ्नाimage जिज्ञासाहरु राखेका थिए। नेपाली साहित्यलाई माया गर्ने थुप्रै साहित्यप्रेमि महानुभावहरु र साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा पाठकहरुले राखेका जिज्ञाशाहरुको उत्तर साहित्यकार न्यौपानेले दिनुभएको थियो।

image५५२ प्रिन्सेस हाईवे रकडेलमा सम्पन्न भएको सो कार्यक्रममा साहित्यकार न्यौपानेले आफ्ना कविता तथा गजल वाचन गर्नुभएको थियो।मदन पुरस्कार प्राप्त उपन्यास सेतो धरती पढिसकेका पाठकहरुले लेखकलाई नै प्रत्यक्ष रुपमा भेट्न पाउँदा अत्यन्त उत्साहित देखिन्थे। साथै पुस्तक सेतो धरती को बारेमा पाठकहरुले आफ्ना जिज्ञाशाहरु पनि राखेका थिए।उहांका चर्चिच पुस्तकहरु पानीको घाम,सेतो धरती तथा करोडौं कस्तुरी अत्यन्त रुचाईएका पुस्तकहरु हुन। imageसो कार्यक्रममको संचालन साहित्यकार तथा साताको साहित्य का सम्पादक निष्प्रभ सजी र अर्जुनमणि पौडेलले गरेका थिए। साथै नेपाली पत्रका सम्पादक तथा पत्रकार ऋषि आचार्यले पनि आफ्ना विचार राखेका थिए। सो कार्यक्रममा साहित्यकार अमर न्यौपानेले आयोजक साताको साहित्य र नेपाली पत्र प्रति आभार प्रकट गर्दै सबै लाई धन्यबाद व्यक्त गर्नुभएको थियो।साताको साहित्यका सम्पादक तथा साहित्यकार नीष्प्रभ सजी नेपाली पत्रका सम्पादक ऋषि आचार्यले सिड्नीमा सो अन्तर्क्रिया कार्यक्रमको अवसर जुटाएका हुन।image

Comments

comments

सम्बन्धित शिर्षकहरु