नेपालबारे मोदीले मुख फोरे

PM_Narendra_Modi_360_Storyएजेन्सी, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिमा भारतको नभई चीनको हात रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट हुने कुनै पनि हस्तक्षेप बिरुद्ध लड्ने बताएका थिए ।
भारतबाट प्रकाशित हुने द हिन्दुमा प्रकाशित समाचारमा संसद्मा अविश्वासको प्रस्ताव सामना गर्न लागेका ओलीको सरकार जोगाउन नेपालको राजनीतिक पार्टीसँग भेटघाट बढाउने भारतीय अधिकारी नभई चिनियाँ अधिकारी भएको उनले बताए ।
“ओली सरकारलाई विस्थापित गर्न भारतले केही पनि गरेको छैन । उनले राम्रोसँग सरकार सञ्चालन गर्न सकेनन् । गठबन्धन सरकार ढल्यो । संसदमा बहुमत नहुँदा नहँुदै पनि सत्तामा रहिरहने ओलीको इच्छा प्रजातान्त्रिक होइन । नेपालमा चीनको हस्तक्षेप छ र उनीहरु प्रत्येक राजनीतिक दलमा प्रभाव जमाउने प्रयास गरिरहेका छन्,” मोदीलाई उद्धृत गर्दै दिल्लीको उच्च स्रोतले बतायो ।
ओलीले नेतृत्व गरेको नौ महिने कार्यकाल पुरा गरेको गठबन्धन सरकार नेकपा माओवादी केन्द्रले केही दिन अगाडि समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको छ ।
प्रचण्डले मे महिनामा पनि सरकारबाट समर्थन फिर्ता लिएका थिए । तर पछि भएको वार्ताबाट तत्काल उक्त कदम फिर्ता भएको थियो ।
बिहीबार काठमाण्डौमा भएको राष्ट्रिय सुरक्षा गोष्ठीमा दिएको भाषणमा ओलीले दुवै प्रयास बाह्य सक्तिबाट सञ्चालित भएको संकेत गरेका थिए ।
षडयन्त्रको दावी
“कांग्रेस र माओवादी केन्द्रलाई प्रयोग गरेर मेरो सरकार हटाउने योजना बनाइएको छ । किनभने नाकाबन्दीको समयमा म राष्ट्र र आत्म सम्मानका लागि उभिएँ,” ४ महिने सीमानाका बन्दलाई उल्लेख गर्दै ओलीले भने ।
यद्यपि उच्च तहको स्रोतले यसको प्रतिकार ग¥यो । उनले भने, “ओली सरकारले राष्ट्रवाद र राष्ट्रियताको गाना गाएको आरोप लगाइयो । यदी मधेसीहरुको दुई तिहाई नभएर चार भागको तीन भाग माग मात्रै पुरा गरेको भएको पनि समस्या समाधान हुने थियो । ओली पनि यसमा इच्छुक थिए । तर चिनियाँ हस्तक्षेपका कारण हुन पाएन ।”
स्रोतको हवाला दिँदै हिन्दुले लेखेको छ,“चिनियाँ राष्ट्रपति सी जिनपिङले चाँडै नै नेपालको भ्रमण गर्ने अपेक्षा गरिएको थियो । चिनियाँ अधिकारी पनि उक्त भ्रमणको समयमा छलफल हुने मुद्दा छान्न लागिपरेका थिए ।”

Comments

comments

सम्बन्धित शिर्षकहरु