नेपालद्वारा इन्डियन जिमखाना २० रनले पराजित

_MG_0381काठमाडौँ ।इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मैत्रीपूर्ण खेलमा स्थानीय क्लब इन्डियन जिमखाना क्लबलाई पराजित गरेको छ । इन्डियन जिमखानाको घरेलु मैदानमा बिहीबार राती भएको टि ट्वान्टीमा घरेलु टोलीलाई २० रनले पराजित गरेको हो ।

जिमखाना स्टेडियममा नेपालले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको इन्डियन जिमखानाले पुरै २० ओभरमा अलआउट हुदै १ सय ४२ रनमा समेटियो । इन्डियन जिमखानाका लागि पुनिट के मेराले ४७ रन बनाएका थिए । त्यस्तै उसका सदिक अम्रादीले २५, आदित्य आर्चियाले १५ र भुपिन्दर सिंहले २४ रन जोडे । इन्डियन जिमखानालाई सस्तैमा समेट्न क्रममा बिक्रम सोव, करन केसी, शक्ति गौचन र सागर पुनले दुईरदुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निधार्रित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रनको मध्यम योगफल तयार गरेको थियो । नेपालको मध्यम योगफलका लागि सागर पुनले अर्धशतकिय पारी खेल्दै ५५ रन जोडे । सागरले ४७ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५५ रन बनाएका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र ३८ रन जोड्दा कप्तान पारस खड्काले १५ रन बनाए । यस्तै राजेश पुलामी १३ तथा राजु रिजालले २४ रन जोडे ।

इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँगको मैत्रीपूर्ण खेलको लागि इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले शुक्रबार स्टनमोरे क्रिकेट क्लबसंग ५० ओभरको खेल खेल्ने छ । त्यसपछि नेपालले साउन ४ गते लर्ड्समा एमसीसीसंग मैत्रीपूर्ण खेल खेल्ने छ । खेल ५० ओभरको हुनेछ । नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालको क्रिकेटको मक्का मानिने लर्ड्समा खेल्न लागेको हो ।

यस्तै इंग्ल्यान्ड भ्रमणलाई नेपाली टोलीको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु