तिमीलाई स्मरण गरिरहेकी छु

“म आफ्नै भावले तिमीलाई स्मरण गरिरहेकी छु ” भानुभक्त ।”

“घासी तिम्रो गुरु प्रियशाखा, चेतनाको मुहान,
विश्वै ढाकी छरिई वसने हामी तिम्रै जहाँन ।

आत्मालाई पनि तिमी तिरै, पूर्ण विछ्यई दिन्छौ ।
फेरि आऊ यस धर्तीमा, सम्झ नेपाल भन्छौ ।

संस्कृति साहित्यलाई काली दासले अलंकारिक संरचना गरी धेरै सम्वृद्ध बनाए उनी संस्कृति साहित्यका उपमाकार (उपमा को अलंकार ) भए जस्तै तुलसी दास हिन्दी (अवधि) भाषा रामायण तयार गरी राम चलित मानश जस्ता अन्य धेरै धार्मिक साहित्यको रचना गरी भारतीय हिन्दूहरूको देवतासम्म बन्न सफल भए त्यस्तै तिमी पनि नेपालीका लागि कालिंदास र तुलसी दासलाई बिर्साउने उपमा हामी नेपालीको लागि तिमी बन्यौ भानुभक्त । आज तिमीलाई म मनन गरिरहेकी छु र मेरो यो भाव पूर्ण तिमो लागि दुई शब्द कोर्दै सद्धा सुमन अर्पण गर्दछु ।

भानुभक्तको रामायण नेपाली साहित्यको महान कृति हो । भानुभक्त रामायणलाई सामान्यतःभानुभक्त रामायण भनिन्छ । त्रेता युगमा भएको ऐतिहासिक राम – रामायण युद्धमा आधारित र नेपालीको लोकप्रिय भाषामा रचित रामायण लोकप्रिय काव्यमा गणना हुन्छ ।

१८७१ अंसार २९ गते तनहुँको चुँदीफाँटमा धान रोकिदै थियो भने सोही दिन रम्घामा शिखरकटेरीमा धर्मावतीदेवीले पहिलो सन्तानको रूपमा भानुभक्त आचार्यलाई जन्म दिएकी थिइन । हजुरबुबा श्रीकृष्ण आचार्यबाट भानुभक्तले ससंकृतको प्रारम्भिक शिक्षा प्राप्र गरे भने बनारसमा संस्कृतको प्रारम्भिक अध्ययन गरेर मामाघरमा आई पुराण पनि वाचन गरे । ससुराली जाने क्रममा उनले बाटामा घाँसीलाई भेंटें र घाँसीको प्रेरणा पाएर कीर्ति राख्ने उद्देश्यले उनी कविता लेखनमा प्रवृत भए । शंकराचार्यद्वारा रचित संस्कृतको ‘ मणिरत्नमाला ‘का आधारमा ‘ जिउँदै मर्याको भनी नाम कस्को उद्यमबिना बित्छ काल जसको ‘ भन्दै प्रश्नोत्तरमालाको रचना गरेर उनले आफूलाई लेखनकार्यमा समर्पित गरे । भानुभक्तले बधुशिक्षा , प्रश्नोत्तरमाला , भक्तमाला र फुटकर कविता रचेका भए पनि रामायणकै केन्द्रीयतामा उनको परिचय चम्किन पुगेको हो । मोतीराम भट्टले निकै सोधखोज गरी नेपाली जनजिब्रामा प्रिय बनेर गुन्जिरहेको भानुभक्तिय रामायण ,अन्य रचना र भानुभक्तको जीवनीसमेत प्रकाशन गरे । मोतीराम भट्टले भानुभक्तको सम्पूर्ण रामायण प्रकाशमा ल्याउनभन्दा दुई बर्ष अधि १९४२ साल माघमा देवराज शर्मा लामिछानेको सम्पादकत्वमा र डमरूवल्ल पोखर्यालको प्रकाशकत्वमा भानुभक्तको सम्पूर्ण रामायण प्रकाशमा आइसकेको थियो । त्यसैले नेपाली बांगमयमा मोतीराम भट्टको उदय न भएको भए पनि भानुभक्तको रामायणले प्रकाशनका अभावमा प्रचार – प्रसार नै पाउने थिएन र भानुभक्त पनि पूर्णत: ओझेलमा नै पर्ने थिए होलान भन्न सकिदैन ।

मोतीराम भट्टले १९४१ मा रामायणको बालकाणडको प्रकाशन गर्दा भानुभक्तलाई प्राचीन कविका रूपमा चिनाएका थिए ।भानुभक्तलाई सर्वप्रथम आदि कविको उपाधि दिए पनि जीवनीको पुस्तकमा आदि कवि नभनेर कवि मात्र उल्लेख गरेका थिए ।मोतीरामको यही आसयलाई हृदयंगम गरी दार्जिलिंगबाट १९९५मा ‘ भानुभक्त स्मारक ग्रन्थ ‘ प्रकाशित हुँदा नेपालका श्री ३ जुद्धशमशेरले भानु भक्तलाई नेपाली भाषाका आदि कवि हुन भने पनि हुन्छ भन्ने सन्देशमा हस्ताक्षर गरे पछि औपचारिक रूपमा भानुभक्तलाई नेपाली भाषाका आदि कवि भनेर चिन्न थालिएको हो । धेरै जसो नेपाली विद्वान र पाठ्यक्रममा समेत भानुभक्तले बाल्मीकि रामायण अनुवाद गरेका हुन भन्ने भ्रम अहिले सम्म विद्यमान रहिरहेको छ । ‘ अध्यात्म रामायण ‘ लाई आधार बनाएर भानुभक्तले रामायणको रचना गरेका हुन । अध्यात्मरामायणका स्तुति , घटना , फलश्रुति वा फ़लकथन आदिलाई छोट्याएर एक तृतियाँशभन्दा पनि कम आशमा संक्षेपीकरण गर्नमा भानुभक्तको मौलिकता झल्किन्छ । त्यसैले भानुभक्तको रामायणलाई कोरा अनुवाद नठानी मौलिकतासहितको समेत ओतप्रोत भएको रचना ठान्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ |
कुनबाटोमा मन बिटुलियो प्रीति छाया बढेर ?
दर्शन केहो अम्रित सुशुभा ज्ञानज्योति दिएर ।
हाँसीहाँसी दिलमन विना दिक्क लाग्ने उराँठ ।
बाँकी के हो प्रीय मनशखा बाल नौलो चिराग़ ।

चोखो माया मनविचरहे वन्छ यौटा निसानी ।
साझा श्रिष्टी अजमर रहे हुन्छ राम्रो कहानी ।
बाँटों हिड्दा मुटुभरी ब्यथा पोखिए के भयो र?
आशा त्यागी क्षितिज प्रतिमा ! तुल्य हौ के थियो र?

-निशा अर्याल,

Comments

comments

सम्बन्धित शिर्षकहरु