“रणवीर मेरा श्रीमान्”

एजेन्सी, बलिउडमा ‘बाजिराब’ फिल्म आएपछि अभिनेता रणवीर सिंहको चर्चा ह्वात्तै चुलियो । उनको मात्र होइन, अभिनेत्री दीपिका पादुकोणसँगको सम्बन्धको पनि चर्चा त्यस्तै बढेको छ । तर, यो सम्बन्धलाई लिएर पछिल्लो समय आशंका पनि गर्न थालिएको छ । भारतकै उपन्यासकार निकिता सिंहले रणवीरलाई श्रीमान् दाबी गरेपछि यस्तो आशंका जन्मिएको हो ।

‘लाइक अ लव सङ’ किताबकी लेखिका निकिताले एउटा अन्तर्वार्तामा यस्तो दाबी गरेकी हुन् । ‘क्रस’बारे सोधिएको प्रश्नमा निकिताले जवाफ दिइन्, ‘मलाई हार्दिक पाण्डेयको नामसँग जोडिएकाले कुनै फरक पर्दैन, किनकि मेरो पति र पहिलो प्रेम रणवीर सिंह हुन् ।’

केही समयअघिदेखि निकिता र क्रिकेटर हार्दिक पाण्डेयको नाम जोडिएका गसिप बनेका थिए । रणवीरको नाम लिएपछि अन्तर्वार्तामा निकितालाई दोहो(याएर फेरि त्यही प्रश्न सोधियो । निकिताले दोहो¥याएर रणवीरलाई श्रीमान् भनिन् । अहिले यही विषयले बलिउडमा व्यापक चर्चा कमाएको छ ।

पटनामा जन्मिएकी निकिता भारतकी सफल लेखिका मानिन्छिन् । उनको यो अभिव्यक्तिपछि अहिले सामाजिक सञ्जालमा दीपिकालाई यही विषयमा रहेर प्रश्न गर्नेहरू बढेका छन् । तर, दीपिकाले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु