जिस्ममा यस्ती अर्चना

काठमाडौं । राजु गिरी निर्देशित चलचित्र ‘जीस्म’को एक रोमान्टिक गीत रिलिज भएको छ । अर्को सातादेखि रिलिज हुने यो चलचित्र निर्माण समयदेखि नै विवादमा छ । अर्चना पनेरुलाई चलचित्रमा खेलाएपछि यसले विभिन्न खालको विवादको सामाना गर्नुपरेको थियो । अहिले निर्देशक गिरी र पनेरुविच नै राम्रो सम्बन्ध छैन ।

योगेश काजीको संगीतमा तयार भएको ‘डुबिदेउ’ बोलको गीतमा काजीसँगै रज्नी राइको स्वर छ । यो चलचित्रमा अर्चनाको साथमा सुरेन्द्र बुढाथोकीको अभिनय छ ।

चलचित्र ‘छेस्को’ पूर्ण रुपमा असफल भएपछि अर्चनाको हल्ला पनि सेलाएको छ । यसले ‘जीस्म’लाई कत्तीको असर पार्छ, त्यो असार ३१ गते नै थाहा हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु