नेपालले बंगलादेशसंग मैत्रीपुर्ण खेल खेल्ने

Rabin Shrestha on action as Gyotoku Koji watches onकाठमाडौँ । नेपालले अनिल गुरुङको कप्तानीमा बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आगामी असार अन्तिम र साउनको पहिलो हप्ता हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको कप्तानी अनिलले गर्ने भएको हो ।

बंगलादेशविरुद्धको खेलका लागि अखिल नेपाल फुटबल सघ (एन्फा) ले शुक्रबार २१ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । जसमा नेपाली टोलीको कप्तानी अनिलले गर्ने छन् । नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक ग्यातुकी कोजीले नेपाली टोलीको घोषणा गरेका हुन् । प्रशिक्षणमा रहेका २९ खेलाडीमध्येबाट २१ जनाको अन्तिम छनौट गरिएको एन्फाले जानकारी दिएको छ ।
नेपाली टोलीमा ३ गोलकिपर, ९ डिफेण्डर, ५ मिडफिल्डर र ४ स्ट्राइकर छन् । नेपाली राष्ट्रिय टोलीले आगामी जुलाई १५ र १७ (असार ३१ र साउन २) मा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने मिति तय भएपनि खेल मैदान टुङ्गो लागेको छैन । तर एन्फाका अनुसार मैत्रीपूर्ण खेल बंगलादेश मै हुने बताएको छ ।
नेपाली टोलीको गोल किपरमा किरण लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ छन् । डिफेन्समा उपकप्तान बिराज महर्जन, अनन्त तामाङ, दिनेश राजबंशी, आदित्य चौधरी, जीतेन्द्र कार्की, देभेन्द्र तामाङ, रविन श्रेष्ठ, रञ्जित धिमाल र मानबहादुर तामाङ रहदा नेपाली टोलीको मिडफिल्ड सुजल श्रेष्ठ, बिशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र सुमन लामाले सम्हाल्ने छन् । त्यस्तै नेपाली टोलीको अग्रपंक्ति नवयुग श्रेष्ठ, भरत खवास, रञ्जन विष्ट र कप्तान अनिल गुरुङले सम्हाल्ने छन् । टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर छन् ।

नेपाली टोलीले आगामी नोभेम्बरमा हुने एएफसी सोलिडारिटी कपको तयारी स्वरूप बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एएफसी सोलिडारिटी कप आगामी नोभेम्बर २ देखि १५ सम्म हुने छ । तर, आयोजना हुने स्थानको अहिलेसम्म टुङ्गो लागेको छैन ।

एसियाका ६ राष्ट्र सम्मिलित एएफसी सोलिडारिती कपमा नेपाल सहित ब्रुनाई, मकाउ, मंगोलिया, पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउनेछ । यसअघि एसियाली फुटबल महासंघले एएफसीले एएफसी च्यालेन्ज कपको सट्टा एएफसी सोलिडारिती कपको आयोजना गर्न लागेको हो ।

यसअघि नेपालले गत जेठमा लाओसको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपालले मलेसियाको यू – २२ टिमसँग खेलेको थियो । दुवै टोलीसँग नेपालले १ – १ गोलको बराबरी खेलेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु