परनिर्भर सम्राट हुनुभन्दा स्वाभिमानी भिखारी जाती

yoga pose
-BHimsen Sapkota “Hurt with the truth ..but don,t comfort with a lie !

-भीमसेन सापकोटा,
उड्ने चाहना राख्ने मान्छेले पहिला उभिन,हिड्न र दौडन सिक्नु पर्दछ।अनि टाढाको गन्तव्य राख्ने मान्छेले थकाईलाई चुनौती दिंदै लामा फट्का मार्नै पर्छ । प्रकृतिको नियम नै यस्तै छ कि, जसको जुन कुरामा उत्कट इच्छा हुन्छ , त्यसले त्यो प्राप्त गरेरै छाड्छ । यसको उदाहरण हो , पशु, पंछि। पशु ,पंछि सबैलाई प्रकृतिले भोकै राख्दैन तर गूंड्मा गएर भने कसैले पनि भोजन वितरण गर्दैन ।

त्यस्तै तपाईं चाहना गर्नुहोस् असल कुराको , त्यस पछि त्यो चाहना , अरूलाई घात नगर्ने खालको छ , तपाईं त्यसमा लगातार लाग्नु भएको छ, त्यसमा तपाईंको निस्ठा गाइंसिएको छ भने त्यो वस्तु प्राप्त गर्न मन्दीर , चर्च वा मक्काहरूमा धाउनै पर्दैन तपाईंलाई खोज्दै ईश्वरनै अनेक रुपमा त्यो वस्तु दिन आईपुग्ने छन्।
सपना देखेर मात्र साकार हुदैन, त्यसलाई साकार गर्न संघर्ष गर्नुपर्छ । अमेरिकि पुर्व राष्ट्रपति अब्राहम लिङ्कनले एक दिन भनेका थिए म ‘एक दिन यो देशको प्रभावशाली राष्ट्रपति बनेर दाष प्रथा उन्मुलन गर्ने छु ‘ यो सपना देख्दा उनि सामान्य र छाक टार्न नसक्ने गरिव थिए तर उनको त्यो सपना र सपना लाई निरन्तर सिंचाई गर्ने कडा प्ररिश्रम र आत्मविश्वास ले उनलाई त्यो प्रभावशाली व्यक्ति बनाई छाड्यो । उनले शरीर छाडेको युग वितिसक्यो तर आज पनि अमेरिकाको वासिङ्टन डि सि स्थित उनको ‘लिंकन मेमोरियल ‘ अगाडि पुगेर विश्वका करोडौं मानिस श्रद्दाले शिर झुकाउंछन्। हाम्रै देशका कवि देवकोटाले लेखेको उक्ति आज पनि संसारअको प्रेरणा बनिरहेको छ ” उद्देश्य के लिनु उडि चन्द्र छुनु ‘ ।
असफल हुनासाथ हामी भन्ने गर्छौं कि ‘मलाई समयले कैल्यै साथ दिएन ‘ तर प्रकृतिले मानिस अनुसारको घडि कैल्यै बनाएको हुंदैन ।

संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु पनि तपाईले गर्न सक्नुहुन्छ।संन्स्कृत सुभाषित श्लोकमा भनिएको छ ” जो इच्छा मात्र राख्छ , इच्छाको दाष बन्छ ( प्राप्तिका लागि कुनै पहल नै गर्दैन ) , उ सधैं संसार र सांसारिक वस्तुको दाष बन्छ , जो इच्छाहरू भन्दा माथि उठ्छ , उसको यो संसार नै दाष बनिदिन्छ ।
आशायाः ये दासाः ते दासाः सर्वलोकस्य ।
आशा येषां दासी तेषां दासायते लोकः ॥–
आज सोचेको भोलि नै पुगेन भनेर निरास नहुनोस्। तपाईंं जन्मिन पनि त नौ महिना लागेको थियो । रुख मुनी पुरिएका विजहरू उम्रिएर फेरि ठुलो रुख बन्न कयौं वर्षा , घाम ,तुषारो र अांधी सहन गर्नु पर्छ । थोमस एल्वा एडिसनलाई विद्द्युत पत्ता लगाउन ९९९ पटक असफलताको झापड सहनु परेको थियो । तसर्थ यी पंक्ति पढ्ना साथ एउटा विचार गर्नुहोस् कि , संसारमा सबै भन्दा ठुलो शक्ति , बम बारुद र गोला भन्दा बेजोड र ईश्वर वा प्रकृति भन्दा पनि मजवुत वस्तु ‘विश्वास ‘ छ । त्यो विश्वास अरूले बनाईदिएर हुंदैन आँफै बन्नु पर्छ , एक पटक त्यो जगाएर हेर्नुस् तपाईं तपाईंंको रोजाईको जुनसुकै क्षेत्रमा पनि सफल हुन सक्नुहुनेछ । आजै सफल भाईएन , धन , दौलत कम छ, जीवन निरासा गयो , यस्तो सोचमा कहिल्यै नपर्नुहोस। तपाईं सँग रुनका लागि १०० दु:ख छ्न् भने हांस्नका लागि हजार सुख हुन सक्छन्। जीवनलाई हेर्ने र साेच्ने अा अाफ्नाे दुष्टिकाेण हुन्छ ।

कारण त्यही हाे अनुभव परिस्थिति मुल्यमान्यता संगत त्याे अनुसार फरक हुन्छ । कसैले बनाइदिएको पद , प्रतिष्ठा , सम्पन्नताको को असली मालिक तपांई हुनुहुन्न । ‘बोकेको कुकुरले म्रिग मार्दैन । ‘ आँफ्नै खुट्टामा उठ्न नसकेर अरूको बलमा उठ्न खोज्ने मान्छे अरू गल्ना साथ जति बेला पनि ढल्न सक्छ । तसर्थ अरूको भरमा सम्राट बनेर पनि दु:खि हुनु भन्दा स्वाभिमानि भिखारि बनेर खुशी हुनु जाति।
आफु खुशी रहन सक्नु र नसक्नु आफैंमा भर पर्छ ‘त्यसैले त भागवत गीता भन्छ ” मनएव मनुश्याणां कारणं बन्ध मोक्ष यो “। यस्तै हेलन कैलरले भनेकि छ्न् कि ” आशावादिता ले मानिसलाई दु:ख र आपतको आंधि बाट सुख र सफलताको शिखर चुम्न सिकाउंछ । “
शरण राई को यो लघु कथाले झैं मरेर पनि कसरी अमर रहन सकिन्छ त एउटा सुखद तरङ सहितको सन्देश जोडौं ।

एक दिन मर्नैपर्छ किन नखाने रक्सि ?” भन्दै क्षणिकले रक्सि छाडेन

एक दिन राष्ट्रपति हुन्छु रक्सि छाडेर बाँच्यो भने हेर्ने छौ शिक्षकले भनेको थियो

हा..हा..हा..” यो सुनेर मरिमरि हाँस्दै क्षणिकले भनेको थियो, “राजतन्त्र भएको देशमा राष्ट्रपति ?”

क्षणिकले रक्सि छोडेन पत्नीले आजित भएर उसलाई छाडी सम्पत्ति स्वास्थले उसलाई छाड्यो एक दिन रक्सि खाँदखाँदै उसले धरती छाड्यो शिक्षकले पनि राजनीति छाडेन राजनीतिको नसा रक्सिको भन्दा डरलाग्दो हुन्छ पहिला पहिला प्रजातन्त्रको लागि लड्यो प्रजातन्त्र प्राप्ति पछि लोकतन्त्र गणतन्त्रको लागि लड्यो सपनामा पनि नचिताएको गणतन्त्रप्राप्त भयो

धेरै वर्ष पहिला क्षणिकले रक्सि छाडोस् भनेर मात्रआफू राष्ट्रपति हुन्छु भनेको थियो उसले पनि नसोचेको कुरा, राष्ट्रपति हुन्छ राष्ट्रपति भएपछि युवाकालको साथी क्षणिकलाईसम्झन्छ एकदिन मर्नै पर्छ भन्थ्यो

एकदिन मर्नै पर्छ सम्झेर राष्ट्रपति शिक्षकको आँखामा आँसु टलपल गर्छ

देश जनताको मायाले राष्ट्रपति शिक्षकको आँखामा आँसु टलपल गरिरहेको समर्थकहरूले तस्विर सहित प्रचार गर्छन् एकदिन मर्नै पर्छ सम्झेर लोभ पापको दलदलबाट उनीटाढा रहन्छन् लोकप्रिय हुन्छन्

एकदिन मर्नै पर्छ !” जसले यो सम्झेर काम गर्छ, उसले नरामो काम गर्दैन

राष्ट्रपति वा सर्वसाधारण आम मान्छे सबैले एकदिन मर्नै पर्छ राम्रा काम गर्नेहरूको अन्तरमनमा जुन सन्तोष हुन्छ, नराम्रा काम गर्नेहरूको ठूलो दुर्भाग्य उनीहरूले कहिल्यै त्यस्तो सन्तोषअनुभूत गर्न सक्तैनन्

राम्रा काम गर्नेहरू मरिसकेपछि पनि मानिसहरूको हृदयमा जीवित रहन्छन् तर नराम्रा काम गर्नेहरू मर्नुभन्दा अगाडि नै मानिसहरूका आँखामा मरिसकेका हुन्छन्

मानिस जब आँफ्नो खुशीको मालिक आँफै बन्छ तब उसलाई संसारको विरक्तिको विषादिले कहिल्यै छुन सक्दैन

 तपांई , वा हामी सबै त्यो खुशीको सम्राट बन्न सक्छौं , मात्र जरू त्यो उत्कट रुचीको           

 अस्तु

Comments

comments

सम्बन्धित शिर्षकहरु