अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाको चौथो कार्यसमितीको घोषणा सहित “मुक्तक महोत्सव २०१६”भब्यताका साथ सम्पन्न।

महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पहिलो पटक “मुक्तक महोत्सव २०१६”भब्यताका साथ सम्पन्न भएको छ।३ जुलाई २०१६ आईतबारका दिन दिउसो १:३० देखि सुरुभएको सो कार्यक्रममा दुई दर्जन भन्दा बढि साहित्यकारले आफ्ना मुक्तकहरु जोडदार रुपमा प्रस्तुत गरेका थिए।मुक्तककारहरुले हाँस्य व्याङ्य,माया प्रेम र देश प्रति समर्पित मुक्तक प्रस्तुत गर्दा दर्शकहरुको गड्गडाहक तालिले हलनै गुन्जयमान भएको थियो। Ashbury Senior citizen’s Centre 66 princess st Canterbury मा भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु अष्ट्रेलियाको चौथो नयाँ कार्य समितीको समेत घोषणा भयो।

अस्ट्रेलियामा रहेका नेपाली साहित्यकारहरु केदार पोखरेल,सुर्यप्रकास जमरकटेल फिजीकालागि नेपाली साँकृतिक राजदुत तथा अनेसास केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा,समुदायका अगुवाहरु नारायण प्रधान एन आर एन अष्ट्रेलियाकि संरक्षक ईन्द्रा वन,एन आर एन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल,एन आर एन अष्ट्रेलियाका उपाध्यक्ष तथा एन एस डब्ल्यु स्टेट कोडिनेटर दिनेश पोखरेल,ओसेनिया क्षेत्रिय संयोजक महेन्द्र लम्साल,साहित्यकारहरु र विभिन्न संघ सस्थाबाट आउनुभएका व्यक्तिहरुको बाक्लो उपस्थित रहेको सो कार्यक्रममा एन आर एन अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वनले कार्य समितीका नयाँ पदाधिकारीहरुलाई खादा लगाई आगामी कार्यकालको लागि शुभकामना दिएकी थिईन।नयाँ कार्य समितीमा:
अध्यक्ष :सानु घिमीरे
उपाध्यक्ष : विकास उप्रेती
महासचिव: महेश्वर शर्मा
सचिव : दिपक निरौला
कोषाध्यक्ष : ममता तिवारि
सदस्य : सिद्दि विनायक अधिकारी
सदस्य : तृप्ती पाण्डे
सदस्य : ईन्द्र आचार्य

रहेका छन भने कार्य समितीको तर्फबाट अध्यक्ष सानु घिमीरेले कार्यक्रममा सम्बोधन गर्दै आगामी कार्यकाल अत्यन्त सृजनसिल र प्रभावकारी ढङ्गबाट अगाडी बढाउने प्रतिबद्दता व्यक्त गरिन।अन्तरराष्ट्रि नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले नव गठित टिम लाई बधाई दिँदै अनेसास केन्द्रबाट सदैब सहयोग रहने बताए। निवर्तमान अनेसास एन एस डब्ल्यु अध्यक्ष महेन्द्र पौडेलको सभापति रहेको सो काimageimageर्यimageक्रमको संचालन नि वर्तमान सचिव सुरेन्द्र दवाडीले गरेका थिए।

imageimageimageimageimageimageimageimage

Comments

comments

सम्बन्धित शिर्षकहरु