अस्ट्रेलियाको विभिन्न स्थानमा भब्य रुपमा योग दिवस , ओपेरमा जम्यो नेपाली योग

IMG_0562IMG_0561 IMG_0564 IMG_0597 IMG_0598 IMG_0603 IMG_0616 IMG_0618 IMG_0620 IMG_0626 योग सिड्नी। असनेपालन्युज । गोरा हुन् वा काला , नेपाली हुन् वा गैर नेपाली, केटा-केटी हुन् वा बुढा-बुढी ,सबैको एकनासे हांसो ।कहिले एकै साथ आंखा बन्द कहिले, एकैसाथ ध्यान धारणा ।

यस्तै उत्सव र रोमान्चकारीता मा योगमय बन्यो अस्ट्रेलियामा अन्तर्रास्ट्रिय योग दिवस। ‘योग दिवस ‘मा नेपाली ,स्थानीय अस्ट्रेलियन,फिजियन , भारतीय , बङ्गाली , ईरानी मुलका नागरिकहरूले एकैसाथ योग , ध्यान र अध्यात्मिक गतिविधिमा सहभागी बनेका थिए योग दिवसमा यो मङ्गलवार ।

संयुक्त राष्ट्र संघले आव्हान गरे मुताविक जुन २१ तारिखका दिन यसरी बहु सामुदायिक योग दिवस भव्य योग दिवस अस्ट्रेलियाको मुटु ओपेरा हाउस को अांगनमा मनाईएको हो । विभिन्न समुदायका विच योग आसन , ध्यान , तनाव नियन्त्रण लगायतका गतिविधि मार्फत नेपाली समुदायद्वारा आयोजना गरिएको योग दिवसले सबै समुदायलाई एकाकार गरेको मिसेल जुलेट सहभागी असनेपालन्युजलाई बताउनुहुन्छ ।

उंहां विभिन्न योग ध्यान शिविरको नियमित विध्यार्थी भएको बतांउंदै योग को वैज्ञानिक पक्षले आफ्नो जीवनमा समेत परिवर्तन आएको र यसलाई विश्व – विध्यालयको पाठ्यक्रम सग समेत जोड्ने बताउनु भयो । नेपाली समुदयका योग प्रशिक्षक आचार्य राजन शर्मा द्वारा सन्चालन तथा संयुक्त राष्ट्र संघ सचिवालय , विभीन्न योग सिविर समेतको सहयोगमा प्रवर्द्दन गरिएको यस दिवसमा योगका विभिन्न पक्ष र ब्यस्त जीवनमा पनि कसरी तनाव बाट मुक्ति लीई , अनन्त सु:ख प्राप्त हुन्छ भन्ने विषयमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।

अर्का सहभागि चेरी भन्छिन् पुर्वीय योग विज्ञान लाई पश्चिमले स्वीकार गरेको यो दिनलाई सम्झन यो कार्यक्रमको आयोजना गरिएको हो ।सिड्निका विभिन्न स्थान बोन्डाइ विच र प्यारामाटामा समेत योग दिवस यस्तै शान्तिको प्रचार र योगाभ्यास मार्फत मनाएको छ ।

विश्वका विभिन्न स्थानमा पनि योग दिवस मनाईएको छ ।अस्ट्रेलिया , अमेरिका , नेपाल , भारत , चीन , मलेसियाका विभिन्न शहरमा  योग दिवका दिन गरिएका योग अभ्यासका झलकहरू । तस्वीर :एजेन्सिहरू  ।

opera yoga yoga beijing yoga in usa yoga india 2 yoga india 4 yoga inida1 yoga kathmandu yoga modi

Comments

comments

सम्बन्धित शिर्षकहरु