सिड्नीको ओपेरामा नेपाली प्रशिक्षकको अगुवाईमा योग दिवस मनाइंदै

international-yoga-day-logo-300x429अक्षर काका । असनेपालन्युज  सिड्नी, । सिड्नीमा   अन्तर्रास्ट्रिय योग दिवस मनाइंदै छ । संयुक्त राष्ट्र संघले आव्हान गरे मुताविक जुन २१ तारिख का दिन बहु सामुदायिक योग दिवस भव्य रुपमा मनाइने जनाईएको छ । अस्ट्रेलियन , फिजियन नेपाली , भारतीय तथा अन्य समुदायका विच यो ग आसन , ध्यान , तनाव नियन्त्रण लगायतका गतिविधि मार्फत अन्तर्रास्ट्रिय दिवस मनाउन लागिएको भिक्टोरिया विश्वविध्यालयका प्रमुख तथा कार्यक्रम प्रवर्धक रुपेश सिन्वन्ति असनेपालन्युजलाई बताउनुहुन्छ । सो अवसरमा १०८ पटक नेपालका लागि सामुहिक ‘सुर्य नमस्कार ‘आसन एकै साथ गरिने जनाएको छ । निशुल्क प्रवेश रहेको सो कार्यक्रम ओपेराको आंगनमा  आयोजना गरिएको हो ।  संगीत , भजन , वाल योग , विभिन्न रोग सम्वन्धि उपचारक योग , हास्य योग , कुन्डलिनी योग , सामुहिक विपश्यना ध्यान समेतको प्रदर्शन हुने सो स्थलका योग प्रशिक्षक नेपाली समुदायका आचार्य राजन शर्मा हुनुहुन्छ । नेपाली संयोजकको पहलमा आयोजना हुने सो  कार्यक्रम विहान १२  बजे देखि अपरान्ह ३  बजे सम्म हुने जनाइएको छ । अस्ट्रेलियामा ऐतिहासिक रुपले मनाउन लागिएको यो योग दिवसमा सहभागीता जनाइ अध्यात्मिक , मानसिक र शरीरीक लाभ लिन आयोजकहरूले सबैमा आह्वान गरेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु