मनिषाको हत्याबारे न्यायिक छानबिन गर्न माग

1466382382Manishaअसार ६ । नवलपरासी, राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषाको हत्याबारे न्यायिक छानबिन गर्नुपर्ने माग राख्दै आइतबार नवलपरासीमा प्रर्दशन भएको छ ।

स्थानीय प्रहरी प्रशासनलाई दबाब दिने उद्देश्यले घटनाको सत्य तथ्य छानबिनको माग राख्दै मृतकका आफन्त र स्थानीयवासीले सदरमुकाम परासीमा प्रदर्शन गरेका हुन् ।

घटनाको न्यायिक छानबिन र दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै स्थानीयवासीले प्रजिअ र प्रहरी उपरीक्षकको ध्यानाकर्षण गराएका थिए । मनिषा करिब एक महिनाअघि नवलपरासीको पञ्चगनर भानुनगरस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु