सबै दृष्टिविहीन एसएलसी उत्तीर्ण

blind_peopleअसार ३ । बुटवल, रुपन्देहीबाट एसएलसी दिएका सबै दृष्टिविहीन विद्यार्थी एसएलसी उत्तीर्ण भएका छन् ।

रुपन्देहीको शान्ति नमुना उच्च माविका गणेश थापा र मोहन कुमाल ‘ए’ श्रेणीमा उत्तीर्ण भएका छन् भने राजेश जोगी थारू र राजु मल्लाहले ‘बी’ प्लसमा उत्तीर्ण भएको विद्यालयका विभागीय शिक्षक कृष्ण केसीले जानकारी दिए । यो विद्यालयका २३० विद्यार्थीमध्ये २६ जनाले ‘ए’ प्लस र ५४ जनाले ‘ए’ ल्याएका छन् ।

यस्तै, विभिन्न कारणले बीचमै पढाइ छाडेर बसेका महिलालाई मात्रै पढ्ने बुटवलको साधना महिला विद्यालयबाट एसएलसी परीक्षा दिएका सबै आमा उत्तीर्ण भएका छन् । आमा नौ जनामध्ये एक जनाले ‘ए’ ल्याएका छन्।

यस्तै, तीनजनाले ‘बी’ र पाँचजनाले ‘सी’ ल्याएको विद्यालयका अध्यक्ष सावित्रा अर्यालले बताउनुभयो । रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको भनाइमा विगत वर्षमा अङ्क र प्रतिशतको जोडघटाउमा लागेका विद्यालय सञ्चालक र अभिभावक यो वर्ष केही अलमलिएको बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु