युरो कप : फ्रान्स अन्तिम १६ मा

एजेन्सी, युरो कप फुटबल खेलमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । समूह ए अन्तरगत बुधबार भएको खेलमा फ्रान्सले अल्बानियालाई २–० ले हराएको हो ।

खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मद्धतमा फ्रान्सले अल्बानियालाई २–० गोल अन्तरले हराउन सक्यो ।

France's goalkeeper Hugo Lloris (4th L) catches the ball during the Euro 2016 group A football match between France and Albania at the Velodrome stadium in Marseille on June 15, 2016. / AFP PHOTO / BERTRAND LANGLOIS

लगातार दोस्रो जितसँगै आयोजक फ्रान्स अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । खेलको ९० औँ मिनेटमा फ्रान्सका ग्रिजम्यानले गोल गर्दै खेलमा अग्रता दिलाए । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर फ्रान्सका पयेटले गोल गरेपछि अल्बानिया २–० ले पछि पर्‍यो ।

अल्बानियाले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन । फ्रान्सले पहिलो खेलमा रोमानियालाई हराएको थियो । अल्वानिया स्विट्जरल्याण्डसँग पराजित भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु