क्रान्तिकारी माओवादीद्वारा कार्यकर्ता रिहाइको माग

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आफ्ना नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएर फसाएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादी, नेवा राज्य समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नेवा राज्य समिति सदस्य टेकबहादुर बोगटी तथा तत्कालीन एकीकृत नेकपा माओवादी का सदस्य मानबहादुर विष्ट र कार्यकर्ता दीलबहादुर खत्रीलाई काठमाडौं जिल्ला अदालतद्वारा छ वर्षको जेल सजाय सुनाएर अन्याय गरेको भन्दै रिहाइको माग गरेको हो ।

आर्थिक लेनदेनमा विवाद भएपछि सुरु भएको घटनामा अपहरणको झुठा मुद्दा लगाई फसाइएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु