द्वन्द्वकालका घटनाको उजुरी दिने म्याद एक महिना थप

imageजेठ ३१ ।काठमाडौँ, सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले व्यक्ति बेपत्ता पार्नेविरुद्ध उजुरी लिनका लागि एक महिना समय थप गरेको छ ।

आयोगका आयुक्त विष्णु पाठकले समय थप गर्नुपर्ने पीडितको माग र उजुरी आउने क्रम जारी रहेकाले असार मसान्तसम्मका लागि उजुरी दिने समय थप गरिएको जानकारी दिए । आयोगले यसअघि जेठ मसान्तसम्म मात्र उजुरी लिने सूचना जारी गरेको थियो ।

आयुक्त पाठकका अनुसार आज मात्रै बेपत्ता आफन्तको खोजी गर्न माग गर्दै १७८ पीडितले उजुरी दिएको र आयोगमा हालसम्म दुई हजार ४८ उजुरी परिसकेको बताए ।

दश वर्षे जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट करिब एक हजार ४९५ जना बेपत्ता पारिएको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु