यौन धन्दामा संलग्न दुई नायिका पक्राउ

मुम्बई । गोरेगाउँमा मुम्बई प्रहरीको सोसल सर्भिस ब्राञ्च ९एसएसबी०ले हाई प्रोफाइल सेक्स र्‍याकेटमा संलग्नलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई टेलिनायिका रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सावधान इण्डियाकी एक र अर्की मराठी नायिका पक्राउ परेका छन् । यो क्षेत्र प्रसिद्ध फिल्मसिटीवाट नजिकै छ । टेलिभिजन कलाकार आउ जाउ भईनै रहन्छ ।

पक्राउ गरिएकावारे जानकारी दिँदै अमित जलालले भने ‘हामीले केही मोडल, नायिका र सप्लायर्सहरुलाई पक्राउ गरेका छौं ।’

अमितको भनाई अनुसार त्यस क्षेत्रमा सेक्स र्‍याकेटको धन्दामा धेरै ब्यक्ति संलग्न छन् । थोरै कमाई गर्ने मोडल, टेलिनायिका र केही बेरोजगार केटाहरु छन् ।

उनीहरुले यौनधन्दामा संलग्न युवतिलाई कर्पोरेट हाउसंग परिचित गराईदिने गरेका छन् भने एकजना युवतिले ५० हजारदेखि १ लाखसम्म लिने गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु