सङ्गीतकार गुरुङको निधनले प्रधानमन्त्री स्तब्ध

1461504484pm-kp-oli-जेठ २५। काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल तारा अम्बर गुरुङको निधनले आफूलाई स्तब्ध तुल्याएको जनाएका छन् ।

गुरुङको निधनप्रति गहिरो दुःख र श्रद्धाञ्जलि व्यक्त गर्दै उनले शोकको घडीमा उनका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका थिए ।

स्वर्गीय अम्बर गुरुङले पश्चिमा शास्त्रीय सङ्गीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय सङ्गीत र लोक भाकामा मिलाएर सङ्गीत सिर्जनालाई नयाँ आयाम दिएको उल्लेख गर्दै उनले सामूहिक बाजा प्रयोगमार्फत नेपाली सुगम सङ्गीतलाई स्तरीय र समृद्ध बनाउन उनले गरेको योगदान नेपाली सङ्गीतको क्षेत्रमा मानकका रुपमा स्थापित भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, गुरुङ नेपालको साङ्गीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहनु हुनेछ । आफ्ना सिर्जनाबाट स्वर्गीय गुरुङले नेपाल र नेपालीलाई लगाएको गुण मुलुकले सदा स्मरण गरिरहने छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु