देशको पुननिर्माण हामी आफैँले गर्नु पर्छ।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

हामी कतिन्जेल सम्म अरु कसैले आफ्नो गाउँ र ठाउँ बनाई दिएला भनेर कुर्ने।भुकम्पले भत्किएका घर,बस्ती विभिन्न मानव संरचनाहरु पुननिर्माण गर्ने जिम्मा हाम्रो पनि हो।साँच्चैनै पुननिर्माणको निम्ति सबै नेपालीहरु एक जुट भएर लाग्नेहो भने।भत्किएका बस्ती,गाँउ बनाउन लामो समय कुर्नै पर्दैन।विश्वमा भुकम्प गएका अन्य देशहरुलाई हेर्ने हो भने छोटो समयमानै उनीहरुले पुननिर्माण गरि देश विकास गरेका थुप्रै उदाहरण हरु छन।सदैव अरुको मुख ताक्ने र अरुलेनै आफ्नो बस्ती गाँउ बनाउन पर्छ भन्ने मानसिकता नत्याग्ने हो भने हाम्रो पुननिर्माण र विकासको गति जहाँको त्यहीँ रहन्छ।

एक मानवले जव अर्को मानवलाई उसको दु:खमा सहयोग गर्दछ भने त्यही नै सबै भन्दा ठूलो मानव धर्म हो। धर्म कमाउन अरु मानवको दु:खमा सहयोग गरे मात्रै पुग्दछ। भुकम्प गएको बेला आफन्त गुमाएका हरुको पिढामा मलम लगाउन र उनिहरुको मुहारमा खुशियाली छर्नको लागि नेपालको काभ्रेमा धुर्मुस र सुन्तलिले २० वटा घर निर्माण गरि एक नमुना बस्ति बनाए।र हाल सिन्धुपाल्चोक को गिराउन चौर मा अर्को ठुलो नमुना बस्ती बनाउन लागिरहेका छन्। यसरि कलाकार सिताराम कट्टेल (धुर्मुस)र कुन्जना घिमीरे (सुन्तली)ले एक उदाहरणिय काम गरि देखाएका छन।ईच्क्षा शक्तिहुने हो भने विकास निर्माण र बस्ति निर्माण गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हो। यसरी सबै नेपालीहरु आ-आफ्नो क्षेत्रबाट गाँउ ,बस्ती,देश निर्माणमा लाग्ने हो भने।हामीले हाम्रो देश आफैँ बनाउन सक्छौँ।अरु कसैको मुख ताक्न आवश्यक हुँदैन।

Comments

comments

सम्बन्धित शिर्षकहरु