बन्दका कारण जनजीवन प्रभावित

चितवन। नेकपा माओवादी विप्लव समूहले आज आह्वान गरेको बन्दको प्रभाव चितवनमा बिहानैदेखि परेको छ ।

बन्दका कारण छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने लामो दूरीका सवारीलाई प्रहरीले सुरक्षित गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले नारायणगढको पुल्चोक, लोथर र कुरिनटार क्षेत्रबाट एस्कर्टिङ गरेर जिल्लाबाट सुरक्षित आवागमन गराइएको बताए ।

बन्दका कारण यहाँका शैक्षिक संस्था, कलकारखाना, व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बजार बन्द भएको छ भने भित्री बजार भने आंशिकरुपमा खुलेका छन् ।

माओवादीले झापा, जुम्ला र धादिङमा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा पश्चिम ताम्सालिङ, मेची र कर्णाली प्रदेश आज बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ । पश्चिम ताम्सालिङमा चितवन, धादिङ, नुवाकोट र रसुवा जिल्ला पर्दछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु


  • हर्षित मुद्रामा गोरखा लाप्राकका महिला । भूकम्पले क्षतिग्रस्त लाप्राकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले ५८७ […]
  • कर नतिर्ने १९ व्यवसायीमाथि कारबाही
    इलाम, ९ असार । करदाता सेवा कार्यालय इलामले कर तिर्न अटेर गर्ने १९ जना व्यवसायीमाथि कारबाही प्रक्रिया अघि […]
  • प्रियंका र सेलेनाको यस्तो रोमान्स !
    अब, नायिका प्रियंका चोपडाले बलिउड चलचित्र साइन गरिन् भने, त्यो अनौठो कुरा हुने भएको छ । हलिउड प्रोजेक्टमा […]

  • जापानमा नेवाः अन्तर्राष्ट्रिय फोरम जापानको प्रायोजनमा पहिलो पटक आयोजना गरिएको बेल विवाहका लागि बनाइएको मण्डप […]
  • मुख मैथुन गराउने यौनदुराचारी तान्त्रिक !
    असार ९ । काठमाडौँ, १६ वर्षीय किशोरमाथि यौनदुराचार गरेको आरोपमा प्रहरीले ललितपुर गोदावरीका हरिहर आचार्यलाई […]
  • पर्यटन बोर्डका अधिकृत सुवास निरौलालाई निलम्बन
    कात्तिक १३ । काठमाडौं, नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले कायमुकायम प्रमुख कार्यकारी अधिकृत सुवास […]