परोपकारको लागि सिड्नीमा श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने।

महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया ,गोरखा समाज अष्ट्रेलियाको आयोजनामा सिड्नीमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुनेभएको छ।राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त वाचनप्रवीण पण्डित श्री दीनबन्धु पोखरेलज्यूबाट ज्ञान महायज्ञ तथा साथमा दार्शनिक प्रवचन हुनेभएको हो।The Korean Hall, 82 Brighton Ave, Croydon Park मा हुने कार्यक्रम जुलाई २३ र २४ तारिक बिहान ९ बजे बाट साँझ ६ बजे सम्म हुने भएको छ।कार्यक्रमबाट सङ्कलन हुने रकममध्ये दश प्रतिशत रकमबाट अष्ट्रेलियामा रहेका विद्यार्थीहरूको सहयोगार्थ ‘विद्यार्थी सहायता कोष’ खडा गरिने र बाँकी रकम ‘सडक मानवमुक्त नेपाल’को पवित्र अभिष्टा राखेर हेटौडा, चितवन, काठमाण्डौ लगाएत देशका बिभिन्न भागमा सञ्चालित ‘मानव सेवा  आश्रम’को सहयोगार्थ प्रदान गरिने आयोजकले बताएको छ।श्रद्धालु भक्तजनहरूको सुविधाका लागि केम्सी,रकडेल,र एस्फिल्ड स्टेशनबाट घुम्तीबस सेवा समेत सञ्चालन गरिने बताईएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु